सिन्च्याङको नान संस्कृतिको विस्तारमा "नान मास्टर" मोमेरजियाङ
2023-05-16 15:57:19cri
Share with:

उत्तरपश्चिम चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा पुरानो भनाइ छ, ‘तीन दिनसम्म मासु नखानु ठीक छ तर एक दिन पनि नान नखाइ बस्नुहुँदैन।’ नान सिन्च्याङको विशेष खानेकुरा हो र नान पसलहरू जताततै फेला पार्न सकिन्छ।

सिन्च्याङको दक्षिण-पश्चिम क्षेत्रमा अवस्थित प्राचीन शहर काशगरमा "हजुरबुवाको हजुरबुवाको बुबाको नान" नामक एउटा पसल छ जहाँ १०० वर्षभन्दा बढी समयदेखि लगातार नान बिक्री गर्दैआएको छ। नान मास्टरहरूले परम्परागत प्रविधिहरूको प्रयोग गर्दै हरेक दिन सयौँ नानहरू बनाउने गर्छन् र सम्पूर्ण सडक नानको मीठो बास्नाले भरिन्छ।

३६ वर्षीय मोमेरजियाङ यस नानको सातौँ पुस्ताका उत्तराधिकारी हुन्। बितेका वर्षहरूमा, काशगरको पुरानो शहर रूपान्तरण हुनुका साथसाथै वातावरणमा पनि सुधार भएको छ र पर्यटकहरूको संख्या पनि वर्षैपिच्छे बढ्दै आएको छ। हिजोआज, मोमेरजियाङको नान पसलमा पर्यटकहरूले निःशुल्क रूपमा नान बनाउने तरिकाको अनुभव गर्न पाउँछन्।

सिन्च्याङको नान संस्कृतिको बारेमा धेरैभन्दा धेरै मानिसहरूलाई जानकारी दिने मोमेरजियाङको आशा छ। उनले विदेशी भाषा प्रशिक्षण संस्थामा अङ्ग्रेजी भाषा पनि अध्ययन गरेका छन् र विदेशी पर्यटकहरू देख्नेबित्तिकै सिन्च्याङको नानको कथाहरू सुनाउने गर्छन्।