चीन र मध्य एशियाका ५ मुलुक बीचको मैत्रीपूर्ण आवतजावतको नयाँ अध्याय
2023-05-16 10:38:35cri
Share with:

मे १८ देखि १९ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कजाकस्तान र उज्वेकिस्तान लगायत मध्य एशियाका ५ वटा मुलुकका राष्ट्रनायकसँगै मिलेर पल्लो शान सीको सदरमुकाम सिआनमा भेला भई चीन-मध्य एशिया शिखर सम्मेलनको आयोजना गर्नुहुनेछ। सम्मेलनमा उहाँहरूले संयुक्त रूपमा सहकार्यको नयाँ गुरू योजनाको तर्जुमा गर्नुहुने कार्यक्रम रहेको छ। यस शिखर सम्मेलन चालु वर्ष चीनमा आयोजना गरिने पहिलो महत्वपूर्ण कुटनीतिक गतिविधि हुनुका साथै दौत्य सम्बन्ध स्थापनाका ३१ वर्षयता ती ६ वटा मुलुकका राष्ट्रनायकले वास्तविक रूपमा शिखर सम्मेलनको आयोजना गर्नुहुने यो पहिलो पटक पनि हो।

 

सन् २०१३ को सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सीले पहिलो पल्ट मध्य एशियाको भ्रमण आरम्भ गर्दै कजाकस्तानको नाजार्बायेभ विश्वविद्यालयमा सम्बोधन गर्नुभएको थियो।

 

सन् २०२२ को सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सीले पुन:एकपल्ट कजाकस्तानको भ्रमण गर्नुभएको थियो। त्यो कोरोना महामारी देखापरेपछि उहाँको पहिलो विदेश भ्रमण पनि थियो।

 

सन् २०२३ को आरम्भमा तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभले राष्ट्रपतिको पद सम्हालेपछिको पहिलो चीन भ्रमण थाल्नुभएको थियो। साथै उहाँले नयाँ वर्ष चीन र मध्य एशियाका ५ वटा मुलुकबीच सम्बन्धको विकासका लागि नयाँ अध्याय पनि खोल्नुभएको छ।