चिनियाँ महासागर माछा मार्ने जहाज मध्य हिन्द महासागरमा पल्टिएकोबारे सीको महत्वपूर्ण निर्देशन
2023-05-17 16:28:47cri
Share with:

मे १६ तारिख बिहान सबेरै ३ बजे चिनियाँ ‘लु फङ युआन यु ना.०२८’ महासागर माछा मार्ने जहाज मध्य हिन्द महासागरमा पल्टिएको छ र सो जहाजमा रहेका १७ जना  चिनियाँ चालक, १७ जना इन्डोनेसियाका नागरिक र ५ जना फिलिपिनो नागरिकसमेत जम्मा ३९ जना सम्पर्कविहीन भएका छन्। हालसम्म बेपत्ता भएकाहरू फेला परेका छैनन् र खोजी तथा उद्धार कार्य चलिरहेको छ।

 

दुर्घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिनुभएको छ। सो निर्देशनमा चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय, यातायात मन्त्रालय र शानडोङ प्रान्तले तुरुन्तै आपतकालीन प्रतिक्रिया संयन्त्रलाई सक्रिय बनाउनुपर्ने, अवस्थाको पुष्टि गर्नुपर्ने, उद्धार शक्ति थप बलियो बनाउनुपर्ने र अन्तर्राष्ट्रिय समुद्री खोजी तथा उद्धार सहायताको समन्वय गर्नुपर्ने कुरा औंल्याइएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चीनका राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले संकटमा परेका चालकलाई उद्धार गर्न र हताहत कम गर्न सक्दो प्रयास गर्ने निर्देशन दिनुका साथै कृषि तथा ग्रामीण मामिला मन्त्रालय र यातायात मन्त्रालयलाई सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ। समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउने र सामुद्रिक यातायात तथा उत्पादनको सुरक्षा गर्ने निवारक उपायहरू लागू गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।