चिनियाँहरुलाई [ड्रागनको पुस्ता] ठानिने बारे
2023-05-17 08:21:41cri
Share with:

चिनियाँहरुलाई [ड्रागनको पुस्ता] ठानिने कुराको उत्पति प्राचीनकालको आदिवासी जन-जातिको गणचिन्ह र जनश्रुतिबाट भएको हो। 


       जनश्रुति अनुसार, व्हांग ति भनिने सम्राटले चीनको एकीकरण गर्नुअघि [ भालु ] लाई गणचिन्हका रुपमा निर्धारण गरे। ठ यौ लाई पराजित गरी चीनको एकीकरण गरेपछि व्हांग ति सम्राटले आत्मसमर्पण गरेका जन-जाति समूहहरुलाई सान्त्वना दिनका लागि पहिलेको गणचिन्हका रुपमा भालुलाई नराखी एक किसिमको नयाँ गणचिन्ह निर्धारण गरेका थिए। यो गणचिन्ह होः ड्रागन। यो गणचिन्ह पहिलेको गणचिन्ह भालुको टाउको र अर्को किसिमको गण-जाति चिन्ह अर्थात एक किसिमको साँपको शरीर मिलाएर नयाँ गणचिन्ह बनाइयो। व्हांग ति सम्राटको निधनपछि उहाँको पार्थिव शरीरलाई मांग छ्यो शान् पहाडमा समाधिस्थ गरियो । चिनियाँ भाषामा [ मांग ] को अर्थ होः एक किसिमको ठूलो साँप अर्थात अजिङ्गर। यसबाट व्हांग ति सम्राटले आफ्नो जन-जातिको गणचिन्हप्रति निकै सम्मान-भाव प्रदर्शित गरेको देखिन्छ। यथार्थमा भन्ने हो भने ड्रागनलाई जन-जातिको गणचिन्ह बताउँदा सम्राटका पिताको जाति र माताको जातिको गणचिन्हको मिश्रीत रुपको प्रतीक देखियो। ड्रागन भन्ने यस अलौकिक आकृतिको तयारीबाट चिनियाँ राष्ट्रको विकासको इतिहास तथा विभिन्न जातिको सहनशीलता र एकता भएको अवस्था प्रतिबिम्बित गरिएको छ।

       पछि गएर चिनियाँ राष्ट्रको प्रतीक हुने यो ड्रागनको आकृति विभिन्न किसिमका बुट्टामा देखापर्नुका साथै पछि गएर विस्तारै-विस्तारै अक्षरको रुप पनि लिइसकेको छ। मानिसहरुले यन् र शाङ कालका उत्खनन् गरिएका कछुवाको खप्परमा कुंदिएका अक्षरमा [ ड्रागन] भन्ने चिनियाँ अक्षर फेला परेका थिए। उत्खनन भएका आदिम कालका माटाका भाँडाकुँडाका खाकमा पनि ड्रागनको बुट्टा फेला पारिएको छ। केही समय अघि पूरातत्वविदहरुले ल्याओ निङ प्रान्तको फु सिनको छा हाई भन्ने प्राचीन थलोको भग्नावशेषमा माटाका भाँडाका दुइ टुक्रामा ड्रागनको बुट्टा अंकित भएको देखेका थिए। ती दुइवटा टुक्रामा एकमा चलायमान रुपको ड्रागन देखियो भन् अर्कोमा गुजुल्टो परेको ड्रागन देखियो। ती दुइवटा ड्रागनका कत्ला निकै स्पष्ट देखिन्थे र जीवित ड्रागन जस्तै पनि।

      ड्रागन चिनियाँ राष्ट्रको आदिम पुर्खाको गणचिन्ह बनेपछि चिनियाँ राष्ट्र र ड्रागनसित सम्बन्ध जोडिएको छ। त्यसैले ड्रागनका विषयमा विभिन्न विषयका जनश्रुति र कथाहरु देखापरेका हुन। त्यस जनश्रुतिअनुसार, यान् ति भन्ने एक सम्राट तंग नामकी एउटी महिलाले स्वर्गमा बसेको ड्रागनलाई प्रभावित गरेवापत जन्मेको थियो। व्हांग ती नामका सम्राटलाई एउटी महिलाले सप्त-ऋषिलाई प्रभावित पारी जन्माएकी थिइन आदि। चिनियाँ राष्ट्रका आदिम पुर्खा स्वर्गका ड्रागनका अवतार भएका कारण चिनियाँ राष्ट्रका पछिका पुस्ता पनि ड्रागनका पुस्ता मानिनु स्वाभाविकै हो।