चीन र मध्य एसियाली मुलुकहरु बीचको सहयोग तेस्रो पक्ष अलक्षित
2023-05-17 09:54:30cri
Share with:

चीन-मध्य एसिया शिखर सम्मेलन मे १८ तारिखदेखि १९ तारिखसम्म चीनको पल्लो शान सी प्रान्तको सदरमुकाम सिआन शहरमा आयोजना हुने भएको छ। हाल विभिन्न तयारी कार्य धुमधामसँग अघि बढ्दै छ। यस पटकको शिखर सम्मेलनमार्फत चीन र मध्य एसियाका पाँच मुलुकहरु बीचको सहयोग सम्बन्धी सहमति हुने र त्यसले यस क्षेत्र तथा विश्वका शान्ति तथा स्थिरताका लागि प्रेरक शक्ति थप्ने चीनका सम्बन्धित जिम्मेवार व्यक्तिहरूले व्यक्त गरेका छन्।

 

चीन-मध्य एसिया व्यवस्थाको स्थापना भएदेखि यो पहिलो शिखर सम्मेलन हो। चीनले मध्य एसियाका पाँच मुलुकहरुसँग दौत्य सम्बन्धको स्थापना गरेको ३१ वर्षयता यो नै पहिलो प्रत्यक्ष आयोजना हुने शिखर सम्मेलन हो। हालै एउटा प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयको युरोप तथा एसिया विभागका उप-प्रमुख यु च्युनले दौत्य सम्बन्धको स्थापना भएको ३१ वर्षयता चीन र मध्य एसियाली मुलुकहरु बीचको सम्बन्ध निरन्तर रुपमा फड्को मार्ने किसिमले विकास हुँदै आएको भन्दै प्रशस्त उपलब्धि प्राप्त भएको जानकारी दिनुभयो।