विश्व आर्थिक पुनरूत्थानमा थप विश्वास र शक्ति थप्दै जाने चीन
2023-05-17 17:01:05cri
Share with:

संयुक्त राष्ट्र संघले मै १६ तारिख ‘विश्व आर्थिक परिस्थिति तथा भविष्यवाणी २०२३’ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा सन् २०२३मा चीनको आर्थिक वृद्धि अनुमानलाई पहिलेको ४.८ बाट ५.३ प्रतिशतसम्म बढाइएको छ। हालै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत अन्तर्राष्ट्रिय संगठनले चालू वर्ष चीनको आर्थिक वृद्धि दरको अनुमानलाई माथि उकासेबाट चीनको आर्थिक विकासको भविष्यप्रति विश्वास राखेको ठहर मै १७ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा सोधिएको सम्बद्ध प्रश्नको जवाफ दिँदै जनाउनुभएको छ।

चीनको अर्थतन्त्र लचिलो, ठूलो, निहित र जीवन्त शक्ति भएको तथा दीर्घकालीन रूपमा राम्रो हुँदै जाने प्रवृत्तिमा परिवर्तन देखा नपरेकोले विभिन्न नीतिको प्रभाव निरन्तर रूपमा देखाइरहेको छ। प्रवक्ता वाङले आर्थिक निहित तथा जीवन्त शक्ति बढ्दैजाँदा चीनले विश्वको आर्थिक पुनरूत्थानमा थप विश्वास र शक्ति थप्दैजाने पनि औँल्याउनुभयो।