चिनियाँ राष्ट्राध्यक्ष र कजाकिस्तानी राष्ट्रपति बीच भेट-वार्ता
2023-05-17 19:14:25cri
Share with:

मै १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तीय सदरमुकाम सिआनमा चीन-मध्य एशियाली मुलुक शिखर सम्मेलनमा भाग लिन तथा चीनको राजकीय भ्रमणमा आउनुभएका कजाकिस्तानका राष्ट्रपति कास्सिम जोमार्ट टोकाएभसँग भेट वार्ता गर्नुभएको छ।

भेट-वार्तामा राष्ट्राध्यक्ष सीले राष्ट्रपति कास्सिमको हार्दिक स्वागत गर्दै उहाँलाई ७०औँ जन्मदिवसको शुभकामना पनि व्यक्त गर्नुभएको छ। चीन-कजाकिस्तान सम्बन्धको सुनौलो ३० वर्ष शुरू भएको बताउँदै दुवै पक्षले परम्परागत मित्रतालाई विस्तार गर्दै आपसी हितयुक्त सहयोगलाई गहन पारेर युगौँयुगसम्म मैत्रीपूर्ण, एक अर्कामाथि उच्च विश्वास गर्ने चीन-कजाकिस्तान संयुक्त भाग्य समुदायको निर्माणलाई अघि बढाउने आशा पनि सीले व्यक्त गर्नुभयो।