चीन र मध्य एशिया “हातमा हात मिलाएर अगाडि बढ्ने” शक्ति के हो?
2023-05-17 16:29:14cri
Share with:

मे १८ तारिखदेखि १९ तारिखसम्म पहिलो चीन-मध्य एशिया शिखर सम्मेलन चिनियाँ पल्लो शानसी प्रान्तीय सि आन शहरमा आयोजना हुनेछ। यो चीन र मध्य एशियाली पाँच मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएदेखि ३१ वर्षमा पहिलोपटक अफलाइनमार्फत् शिखर समेलन आयोजना हुनलागेको हो। प्राचीन रेशमी मार्गको सुरूवाती बिन्दुमा ६ मुलुकका राष्ट्रनायकहरूको बैठकले महत्वपूर्ण अर्थ बोकेको छ।

“राम्रा छिमेकी, साथी, साझेदारी र दाजुभाइ”, यो चीन र मध्य एशियाली ५ मुलुकको सम्बन्धको वास्तविक व्याख्या हो। सम्बन्धको तीव्र गतिको विकासलाई बढाउने शक्ति के हो?

सर्वप्रथम यो राष्ट्रनायकीय कुटनीतिको नेतृत्व हो। विगत १० वर्षमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ७पटक मध्य-एशियाको भ्रमण गर्नुभएको छ। मध्य-एशियाली ५ देशहरूका राष्ट्रनायकहरू पनि पैचिङ, शाङ हाइ, छिङ ताउलगायत क्षेत्रको भ्रमण गर्नुभयो। हाल चीन र मध्य-एशिया दुवै महत्वपूर्ण विकास चरणमा रहेका छन्। यस्तो पृष्ठभूमिमा पहिलो चीन-मध्य एशिया शिखर सम्मेलनले रणनीतिक विश्वासलाई गहन पार्नु साथै विभिन्न क्षेत्रको सहयोगलाई विस्तार पार्नेछ। 

चीन र मध्य-एशियाको अर्थतन्त्र एक आपसमा जोडिएको छ। विशेष गरी सन् २०१३ मा राष्ट्राध्यक्ष सी चिनफिङले कजाकिस्तानको भ्रमण गर्दा पहिलोपटक “रेशमी मार्ग आर्थिक क्षेत्र”को निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। जसले आपसका लागि ठूलो विकास मौकाको सिर्जना गरेको छ।

यद्यपि समुद्रबाट टाढा भए तापनि मध्य-एशियाली साथीहरूले सधैँ भन्छन्-“हामी चीनसँग जोडेर चीनको सूपर ठूलो बजार हाम्रो समुद्र हो।”

यसका साथै विकासुन्मुख भएका चीन र मध्य-एशियाली देशहरूले बहुपक्षीयता र अन्तर्राष्ट्रिय नियमको सुदृढताका साथ संरक्षण गर्नुका साथै आपसी राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अखण्डतालगायत केन्द्रिय फाइदालाई समर्थन दिएका छन्।

हाल ५ मुलुकका राष्ट्रनायकहरू सि आनमा भेला भएर चीन-मध्य एशियाबीच अझै घनिष्ट भाग्य समूदायको निर्माण गर्नुहुनेछ। जसले अझै प्रतिक्षात्मक “सूनौलो ३० वर्ष”को सिर्जना गर्नेछ।