अप्रिल महिनामा चीनको राष्ट्रिय अर्थतन्त्र निरन्तर पुनःउत्थानतर्फ
2023-05-17 10:33:00cri
Share with:

चीनको राष्ट्रिय तथ्यांक व्यूरोले मे १६ तारिख अप्रिल महिनाको राष्ट्रिय आर्थिक अवस्थाबारेको जानकारी सार्वजनिक गरेको छ। तथ्यांक व्यूरोका प्रवक्ता फु लिन ह्वीका अनुसार, अप्रिल महिनामा चीनमा उत्पादन र आपूर्तिको अवस्थामा सुधार भएर आन्तरिक आवश्यकता विस्तृत हुँदै रोजगार र मालसामानको मूल्य स्थिर भएको छ, विदेशी व्यापारको अवस्थामा राम्रो प्रवृत्ति देखाइएको छ।

अप्रिल महिनाको तथ्यांकबाट हेर्दा आर्थिक सञ्चालनका मुख्य सूचक वृद्धि भएकोमा आर्थिक विकास पुनःउत्थान हुनुका साथै उपयोगी नीतिको लगातार प्रभाव पनि पारेको प्रवक्ता फुले जानकारी दिनुभयो। उहाँले जोड दिंदै सेवा व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा आधाभन्दा बढी भाग ओगटेकोले आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। यस वर्ष आर्थिक पुनःउत्थानको साथमा सेवा व्यवसायको विकास पनि सुधार भएर आर्थिक वृद्धिमा ठूलो योगदान पुगेको छ।