चीन-मध्य एसिया मिडिया उच्चस्तरीय संवाद र आदानप्रदान सफलतापूर्वक सम्पन्न
2023-05-17 16:33:11cri
Share with:

चीन-मध्य एसिया शिखर सम्मेलनअघि मे १६ तारिख चाइना मिडिया ग्रुप सीएमजीद्वारा आयोजित चीन-मध्य एसियाली सञ्चार माध्यम उच्चस्तरीय संवाद र आदानप्रदान कार्यक्रम पैचिङमा सफलताका साथ सम्पन्न भएको छ। सीएमजी र मध्य एसियाली देशका मुख्य मिडिया संगठनका निर्देशकहरू, चीनकालागि मध्य एसियाली देशका राजदूतहरू, विज्ञ र विद्वानहरू इत्यादिले "चिनियाँ शैलीको आधुनिकीकरण र मध्य एशिया: नयाँ विकास र नयाँ मौका" शीर्षकको विषयमा गहन आदानप्रदान गर्नुका साथै मानव समाजको आधुनिकीकरण प्रक्रियामा मिडियाको नयाँ उद्देश्य तथा नयाँ जिम्मेवारीहरूबारे छलफल गरेका छन्।

 

चीनका प्रचार मन्त्रालयका उपमन्त्री एवम् सीएमजीका निर्देशक शन् हाइ स्यौङले "बेल्ट एण्ड रोड" शीर्षक प्रस्ताव सर्वप्रथम प्रस्तुत भएको मध्य एशियाले प्रस्तावको निर्माणमा उच्च गुणस्तरीय तथा ठूलो संख्यामा फलदायी नतिजा हासिल पाएको बताउनुभयो। विगत १० वर्षमा "बेल्ट एण्ड रोड" प्रस्तावको निर्माणबाट क्षेत्रीय शान्ति र समृद्धिमा नयाँ ऊर्जा दिइएको देखिन्छ। क्षेत्रीय स्थायित्व र निश्चितता थप बनाएको कुराबाट हेर्दा यो "चिनियाँ शैलीको आधुनिकीकरण" ले मध्य एशियाको विकासका लागि नयाँ शक्ति र मौका प्रदान गरेको वास्तविक उदाहरण हो।