२००० वर्षको इतिहास बोकेको चिनियाँ छायाँ चित्र ओपेरा
2023-05-18 15:27:55cri
Share with:

चिनियाँ छायाँ चित्र ओपेरा वन्यजन्तुको छाला वा कागजबाट बनाइने पात्रको रूपमार्फत् कथा सुनाउने लोक ओपेरा हो। कलाकारहरूले सेतो पर्दापछाडि बसेर छायाँ चित्रलाई नियन्त्रण गर्दै स्थानीय बाजा र स्थानीय लोकप्रिय धुनमा कथा सुनाउने गर्छन्। लिखित सामग्रीअनुसार, छायाँ चित्र ओपेराको २००० वर्षभन्दा लामो इतिहास छ। सन् २०११ मा युनेस्कोले चिनियाँ छायाँ चित्र ओपेरालाई ‘मानवजातिको गैर-भौतिक सांस्कृतिक सम्पदा सूची’मा सूचिकृत गरेको थियो।