चीनको वैदेशिक व्यापारको बलियो चालक शक्ति
2023-05-18 07:55:52cri
Share with:

चीनको भन्सार मुख्यालयले 9 तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिलमा चीनको निर्यात 2.02 ट्रिलियन युआन छ जुन गत सोही अवधिको तुलनामा 16.8 प्रतिशतले बढेको छ। डलर सर्तमा, वृद्धि दर 8.5% पुगेको छ। मार्चमा बलियो निर्यातको आधारमा, अप्रिलमा निर्यात डेटा फेरि "आशाभन्दा बढी" छ। एसोसिएटेड प्रेसले भनेको छ कि विश्वव्यापी माग कमजोर भए पनि चीनको निर्यातले अझ "आश्चर्यजनक" बलियो गति देखाएको छ।

 

केही दिनअघि १३३औँ चाइना आयात निर्यात एक्स्पो सम्पन्न भएको थियो। यस एक्स्पोमा कुल प्रदर्शनी क्षेत्र, अफलाइन प्रदर्शकहरूको संख्या, र अवलोकनकर्ताहरूको संख्यामा सबै रेकर्ड उच्च छ। एक्स्पोको लोकप्रियताबाट चीनको वैदेशिक व्यापारको तापक्रम महसुस गर्न सकिन्छ। यस वर्षको अघिल्ला चार महिनामा चीनको कुल आयात र निर्यात मूल्य १३.३२ ट्रिलियन युआन रहेको छ, जुन वार्षिक रूपमा ५.८ प्रतिशतले बढेको छ।

 

चीनको वैदेशिक व्यापारको फसल सजिलै प्राप्त भएको होइन। उच्च विश्वव्यापी मुद्रास्फीति र प्रमुख अर्थतन्त्रहरूको सुस्त वृद्धिबाट बाह्य मागलाई कमजोर भएको पृष्ठभूमिमा, चीनको वैदेशिक व्यापारले के बलियो प्रवर्द्धन शक्ति सिर्जना गर्दछ?

 

अघिल्लो चार महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा चीनको वैदेशिक व्यापार संरचनाले सुधारलाई निरन्तरता दिएको छ। यस वर्षको पहिलो चार महिनामा चीनको यान्त्रिक र विद्युतीय उत्पादनको निर्यात १०.५ प्रतिशतले बढेको छ, जसमध्ये अटोमोबाइल १२०.३ प्रतिशतले बढेको छ, विशेष गरी नयाँ ऊर्जाका सवारीसाधनलाई अन्तर्राष्ट्रिय बजारले निरन्तर मान्यता दिएको छ।

 

बजारको दृष्टिकोणबाट निजी वैदेशिक व्यापार उद्यमहरूको प्रदर्शन उत्कृष्ट छ। पहिलो चार महिनामा निजी उद्यमहरूको आयात र निर्यात १५.८ प्रतिशतले बढेको छ र तिनीहरूले चीनको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो संस्थाको रूपमा आफ्नो स्थिति कायम राखेका छन्। साथै चीन र उदीयमान बजारहरू बीचको व्यापार घनिष्ट भएको छ, र आशियान तथा "बेल्ट एण्ड रोड" तटवर्ती देशहरूसंगको आयात निर्यात क्रमशः 13.9% र 16% ले बढेको छ।

 

किन चीनको वैदेशिक व्यापारले अप्रत्याशित बलियो गति लिन सकेको छ? यो चीन सरकारको उच्च स्तरको खुलापनको निरन्तर प्रवर्द्धन र वैदेशिक व्यापारलाई स्थिर पार्ने उपायहरूबाट अलग हुन सक्दैन।

 

हालै युरोप र अमेरिकामा बैंकिङ उद्योगमा  बारम्बार जोखिम अनुभव गरिएको छ। अमेरिका र युरोप अझै पनि ब्याज दर बढ्दै गएको छ। विश्व अर्थतन्त्रमा गिरावटको दबाब थप बढेको छ। यस्तो पृष्ठभूमिमा, चीनको वैदेशिक व्यापारको विकासले अझ बढी बाह्य दबाबको सामना गरिरहेको छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने चीनका प्रमुख व्यापारिक साझेदारहरूको वर्तमान माग अपेक्षाकृत स्थिर छ, निर्यात क्षेत्र र वस्तुको संरचना बढी उचित छ, र व्यापारिक संस्थाहरूको शक्तिमा सुधार भएको छ। घरेलु प्रदर्शनीहरूको शृंखलाको साथमा थप सुविधाजनक कर्मचारी आदानप्रदान र व्यापारिक आविष्कारको निरन्तर गहिराइले चीनको वैदेशिक व्यापारले थप शक्ति लिने र विश्वलाई चीनको अर्थतन्त्र पुनःऊत्थान हुँदै जाने बलियो सङ्केत दिने विश्वास गरिन्छ।