चिनियाँ राष्ट्राध्यक्ष सीले भ्रमण गर्नुभएको यस सङ्ग्रहालयको विशेषता के हो?
2023-05-18 16:08:22cri
Share with:

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मध्य चीनको पीत नदीको मध्य भागमा अवस्थित वल्लो शानसी प्रान्तको युनछङ सङ्ग्रहालयको भ्रमण गरी युनछङमा मानवजातिको उत्पत्ति र चिनियाँ सभ्यताको प्रारम्भिक ऐतिहासिक विकासबारे विस्तृत जानकारी लिनुभएको छ। यस सङ्ग्रहालयबारे चर्चा गर्दै सीले यसरी जोड दिनुभयोः यस सङ्ग्रहालयमा धेरै मूल्यवान सांस्कृतिक पुरातात्विक वस्तुहरू र "राष्ट्रिय खजानाहरू" छन् जसले चीनको लाखौँ वर्षको मानव इतिहास, १० हजार वर्षको सांस्कृतिक इतिहास र ५ हजार वर्षको सभ्यता इतिहासलाई प्रमाणित गरेको छ।

युनछङ मानवजातिको उत्पत्ति र चिनियाँ सभ्यताको एक महत्वपूर्ण जन्मस्थान हो। लगभगल ४.५ करोड वर्ष पुरानो "सेन्चुरी एप" का जीवाश्महरू यहाँ फेला परेका छन् र जसबाट उच्च प्राइमेट्सको उत्पत्तिलाई १ करोड वर्षअघिसम्म अगाडि सारिएको छ। २४ लाख ३० हजार वर्षअघि मानवाजतिले आगोको प्रयोग गरेको प्रारम्भिक प्रमाण पनि फेला परेको छ। साथै पीत नदी वरिपरिमा क्रमिक रूपमा देखा परेका तीन आदिवासी गठबन्धन नेता याउ, शुन र यु एवम् प्राचीन चिनियाँ दस्तावेजहरूमा उल्लिखित पहिलो चिनियाँ राजवंश स्या राजवंशले क्रमिक रूपमा युनछङलाई राजधानीको रूपमा राखेका थिए। पीत नदीको मध्य भागमा अवस्थित युनछङले चीनको प्रारम्भिक कृषि सभ्यताको जन्म दिएको थियो।

हजारौँ वर्षको सभ्यताले गर्दा युनछङमा प्रशस्त सांस्कृतिक पुरातात्विक अवशेषहरू छोडेका छन्। युनछङ सङ्ग्रहालयमा राखिने विभिन्न सङ्ग्रहको संख्या ३० हजारभन्दा बढी छ। जहाँ तपाईँ प्राचीन चिनियाँ सभ्यताको अनुभव गर्न सक्नुहुन्छ।