राष्ट्राध्यक्ष सीद्वारा किर्गिजस्तानका राष्ट्रपति जापारोभसँग भेटवार्ता
2023-05-18 15:10:50cri
Share with:

मे १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-मध्य एसिया शिखर सम्मेलनमा भाग लिन र राजकीय भ्रमण गर्न आउनुभएका किर्गिजस्तानका राष्ट्रपति साडेर जापारोभसँग सिआनमा वार्ता गर्नुभयो।

 

जापारोभलाई चीन भ्रमणका लागि स्वागत गर्दै राष्ट्राध्यक्ष सीले चीन-किर्गिजस्तान सम्बन्धको सकारात्मक मूल्याङ्कन गर्नुभयो

 

उहाँले भन्नुभयो,“हामीले गत वर्ष दुई पटक भेट्यौं र चीन-किर्गिजस्तान सम्बन्ध र दुई देशबीचको विभिन्न क्षेत्रको सहकार्यबारे महत्त्वपूर्ण सहमति हासिल गरेका थियौं। यी सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् र द्विपक्षीय सम्बन्धको विकासमा बलियो शक्ति दिइरहेको छ। किर्गिजस्तानसँग मिलेर असल छिमेकी मित्रता, साझा समृद्धि र साझा भविष्यसहितको चीन-किर्गिजस्तान समुदायको निर्माण गर्न साथै दुई देशबीचको विकास तथा पुनरूत्थानमा मद्दत गर्न चीन इच्छुक छ।”