चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ताजिकिस्तानका राष्ट्रपतिसँग भेटवार्ता
2023-05-18 14:56:51cri
Share with:

मे १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-मध्य एसिया शिखर सम्मेलनमा भाग लिनुका साथै चीनको राजकीय भ्रमणमा रहनुभएका ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग सिआन शहरमा भेटवार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो पुरानो साथीलाई सिआन शहरमा भेट्न पाउँदा निकै खुसी लागेको बताउनुभयो। चीन-मध्य एसिया शिखर सम्मेलनमा भाग लिन र चीनको राजकीय  भ्रमण गर्नका लागि राष्ट्रपति रहमोनलाई पनि उहाँले हार्दिक स्वागत गर्नुभयो।

 

सी चिनफिङले भन्नुभयो,“चीन र ताजिकिस्तान दुवै देशको संयुक्त प्रयासमार्फत् आपसी कूटनीतिक सम्बन्धको स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध असल छिमेकी मित्रताबाट बृहत् रणनीतिक साझेदारी बनेको छ। ताजिकिस्तानसँग मिलेर विभिन्न क्षेत्रहरूको सहकार्यलाई व्यापकरूपमा सुधार गर्न र भावी पुस्ताका लागि मित्रता बढाउनुका साथै चीन-ताजिकिस्तान संयुक्त समुदायको साझा भविष्यको निर्माणलाई प्रवर्द्धन गर्न चीन इच्छुक छ।”