सी र उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभबीच भेटवार्ता
2023-05-18 18:49:19cri
Share with:

मे १८ तारिख अपरान्ह राष्ट्रपति सी चिनफिङले उज्बेकिस्तानका राष्ट्रपति शभकाट मिरोमोनोभिच मिर्जियोयेभसँग भेट-वार्ता गर्नुभएको छ। राष्ट्रपति मिर्जियोयेभ पल्लो शानसी प्रान्तीय सदरमुकाम सिआनमा चीन-मध्य एशिया शिखर सम्मेलनमा भाग लिन र चीनको राजकीय भ्रमण गर्न चीन आउनुभएको हो।

राष्ट्राध्यक्ष सी चिनफिङले उज्बेकिस्तानी राष्ट्रपति मिर्जियोयेभलाई स्वागत गर्नुभएको छ। राष्ट्रपति मिर्जियोयेभको नेतृत्वमा उज्बेकिस्तानमा भइरहेको सुधार र खुलापनको बाटो अझ फराकिलो हुने र "नयाँ उज्बेकिस्तान" को निर्माणमा ठूलो उपलब्धि हासिल गर्ने विश्वास पनि सीले व्यक्त गर्नुभयो। साथै चीन उज्बेकिस्तानसँग मिलेर चौतर्फी सहयोगलाई गहन बनाउँदै र चीन- उज्बेकिस्तान संयुक्त भाग्य समुदायको निर्माण गर्ने इच्छा चीनले लिएको पनि सीले बताउनुभयो।