चिनियाँ राष्ट्राध्यक्ष र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटघाट
2023-05-18 16:56:43cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-मध्य एशिया शिखर सम्मेलनमा भाग लिन आउनुभएका तुर्कमेनिस्तानी राष्ट्रपति सेर्दार बर्दिमुखामेदोभसँग भेट गर्नुभएको छ।

भेटमा सीले यसरी भन्नुभयोः चालू वर्षको जनवरीमा तपाईँको सफल चीन राजकीय भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा स्तरोन्नती गरिने कुरा हामीले संयुक्त रूपमा घोषणा गर्यौं र द्विपक्षीय चीन-तुर्कमेनिस्तान सम्बन्धको विकासमा नयाँ अध्याय खोल्यौँ। केही समय अघि, तुर्कमेनिस्तानमा सफलतापूर्वक नयाँ संसदको चुनाव  सम्पन्न भएको छ र तपाईँको नेतृत्वमा "शक्तिशाली देशको नयाँ युगको पुनरुत्थान" भन्ने लक्ष्यतर्फ अघि बढ्दै जाने मेरो विश्वास छ।

पारस्परिक सम्बन्धबारे चर्चा गर्दै सीले यसरी भन्नुभयोः ३१ वर्षअघि चीन र तुर्कमेनिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भयो। तुर्कमेनिस्तानसँग द्विपक्षीय सम्बन्धलाई निरन्तर अगाडि बढाउँदै दुई देशका जनताको हित कल्याण सिर्जना गर्दै जान चीन इच्छुक छ।