विश्व स्वास्थ्य संगठनमा थाइवानको सहभागिताप्रति अन्तर्राष्ट्रिय समुदाय अनिच्छुक
2023-05-19 19:46:41cri
Share with:

यस वर्षको विश्व स्वास्थ्य संगठनको महासभामा थाइवानको सहभागितामा सहमति नजनाउने चीनको निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक समर्थन गरेका छन्। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे १९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको हो। "थाइवान कार्ड" खेल्ने र " चीनको नियन्त्रण गर्न थाइवानको प्रयोग गर्ने" जुनसुकै प्रयासको पनि अन्तर्राष्ट्रिय समुदायका बहुसंख्यक सदस्यहरूले दृढ विरोध गर्नेमा शंका छैन र यस्तो प्रयास असफल हुने विश्वास पनि प्रवक्ता वाङले गर्नुभयो।

प्राप्त जानकारी अनुसार, विश्व स्वास्थ्य संगठनको ७६ औं महासभाको दर्ता कार्य यसै हप्ताभित्र बन्द हुनेछ र थाइवानले अझै पनि भाग लिने निमन्त्रणा पाएको छैन।

थाइवानको उद्देश्यबारे चर्चा गर्दै वाङ वनपिनले यसरी भन्नुभयोः "विश्व स्वास्थ्य संगठनको महासभामा थाइवान (डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी) अधिकारीहरूको सहभागिता महामारी रोकथामको आवश्यकताबाट होइन बरू 'थाइवान स्वतन्त्रता'पक्षधरले अन्तर्राष्ट्रिय स्थान विस्तार गर्ने उद्देश्य लिएको हो।