《अन्तर्राष्ट्रिय विकास सहयोगमा चीनको अभ्यास》जारी
2023-05-19 14:35:03cri
Share with:

चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीले १८ तारिख बेइजिङमा 《अन्तर्राष्ट्रिय विकास सहयोगमा चीनको अभ्यास》प्रतिवेदन जारी गरेको छ।

चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग विभागद्वारा स्थापना भएको पछिल्लो अन्तर्राष्ट्रिय आदानप्रदान प्लेटफर्मको रुपमा 《अन्तर्राष्ट्रिय विकास सहयोगमा चीनको अभ्यास》प्रकाशनले लगातार विश्वलाई चीनद्वारा नयाँ युगमा विदेशी सहायता र अन्तर्राष्ट्रिय विकास सहयोगमा सिर्जना गरिएको अभ्यास र प्रभावकारिकताको जानकारी दिने गर्दछ।

तथ्याङ्क अनुसार सन् २०१८ देखि २०२२ सम्म चीनले ८२२ विदेशी आपतकालीन मानवीय सहायता प्रदान गरेको छ भने कुल रकम लगभग १५.२ बिलियन युआन छ।

चीनले अन्तर्राष्ट्रिय विकास सहयोगको विश्वव्यापी शासनमा सक्रिय सहभागिता जनाउने, प्रमुख दातृ राष्ट्रहरू र सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूबीच सञ्चार, समन्वय र आदानप्रदानलाई सुदृढ गर्न जारी राख्ने र सहयोगका नयाँ मार्ग र माध्यमहरू खोज्ने छ।

विगतको दशक विश्व विकास सहयोगमा चीनले सबैभन्दा ठूलो योगदान गरेको दशक हो।《अन्तर्राष्ट्रिय विकास सहयोगमा चीनको अभ्यास》ले विस्तृत तथ्याङ्कद्वारा विश्वलाई चीनको बारेमा धेरै जानकारी दिने छ।