चीनमा अध्ययनरत अर्जेन्टिनाका विद्यार्थी मासीका आँखामा चिनियाँहरूको सुखमय जीवन
2023-05-19 08:13:13cri
Share with:

 

अर्जेन्टिना चीनबाट सबैभन्दा टाढाको मुलुक हो। दुई मुलुकको दूरी २२ हजार किलोमिटर छ। तर सबैभन्दा टाढाको दूरी भए पनि अर्जेन्टिनाका युवा मासीको चीन जाने पाइला रोकिएको छैन।

 

सन् २००९ मा मासी पहिलो पटक ब्यूनस आयर्सस्थित चाइनाटाउन घुम्न जानुभएको थियो। उहाँ चिनियाँ अक्षर र भाषामा आकर्षित हुनुभएको थियो। त्यसैले उहाँले चिनियाँ भाषा सिक्न स्थानीय कन्फ्यूसियस इन्स्टिच्यूट जानुभएको थियो। उहाँ भन्नुहुन्छ “मैले ब्यूनस आयर्सस्थित चाइनाटाउनमा पहिलो पटक चिनियाँ अक्षर देखेको थिएँ। चिनियाँ अक्षर स्पेनिससित फरक छ। त्यसैले चिनियाँ अक्षरले मलाई आकर्षित गरेको थियो। सन् २००९ मा ब्यूनस आयर्स विश्वविद्यालयमा अर्जेन्टिनाको पहिलो कन्फ्यूसियस इन्स्टिच्यूटको स्थापना गरेको थियो। त्यस बेलादेखि मैले चिनियाँ भाषा सिक्न थालेँ। मैले चिनियाँ भाषा क्रमशःमन पराउन थालेँ। चिनियाँ भाषाको सिकाइ मेरो सोखबाट मेरो जीवनको एक भाग बनेको छ। त्यस अवधिमा म बिहान काम गर्थेँ, मध्यान्ह खाना खाएपछि चिनियाँ भाषा सिक्न जाने गर्थेँ। केही वर्षपछि म एच.एस.के. चिनियाँ भाषा स्तरको परीक्षामा सहभागी भएँ। सन् २०१४ मा मैले कन्फ्यूसियस इन्स्टिच्यूटको छात्रवृत्ति पाएको थिएँ र चीन आएँ। मैले चिलीन विश्वविद्यालयमा अध्ययन थालेँ ।”

 

सन् २०१४ मा मासी टाढा अर्जेन्टिनाबाट चीन आउनुभयो। चीनको उत्तर-पूर्वी वासीहरूको उत्साह र माइनस ३० डिग्रीको मौसममा बाटोमा आइसक्रिम खानु उहाँको नयाँ अनुभव भयो। उहाँ भन्नुहुन्छ “उत्तर-पूर्वी वासीहरूले हिउँदमा बाटोमा आइसक्रिम बिक्री गरेको कुरा चाखलाग्दो छ। उनीहरूले बाहिर आइसक्रिम बिक्री गर्छन्। मेरो विचारमा बाहिर निकै जाडो छ, कुनै पनि आइसक्रिम खाँदैन। तर त्यहाँ बसेपछि मैले हिउँदमा आइसक्रिम किन्ने गरेको थिएँ। जाडो मौसममा आइसक्रिम मीठो छ। मलाई उत्तर-पूर्वी वासीहरूको उत्साह मन पर्छ। कहिलेकाहीँ मैले बजारमा सामान किन्ने बेलामा मलाई त्यो सामान राम्रो हो कि होइन थाहा हुन्न। सामान बिक्री गर्ने व्यक्तिले मलाई हेर्न तथा चाख्न समेत दिन्थे। मलाई खुशी लाग्थ्यो।” 

 

मासीकाअनुसार, चिनियाँहरूको सुखमय महसूस अनुभव गरेपछि मात्र बुझ्नसकिने छ। चीनमा चिनियाँ भाषा सिकेको त्यो वर्षमा नै मासीले आधा चीनको भ्रमण गर्नुभएको थियो। उहाँले विभिन्न क्षेत्रको मीठो खाना पनि चाख्नुभयो।

 

चीन र अर्जेन्टिना असल मित्र हुन् र राम्रो साझेदार हुन्। मासीकाअनुसार, चीन र अर्जेन्टिना यी दुबै पुरानो मित्रहरूका लागि सभ्यताको पारस्परिक सिकाइ र जनताबीचको आदान-प्रदान दुई पक्षको सहकार्यको शक्ति हो। मासी भन्नुहुन्छ “मेरो विचारमा जनताबीचको आदान-प्रदान पारस्परिक समझदारीको आधारमा रहनुपर्छ। सांस्कृतिक पुलको निर्माण गरिनुपर्छ। दुई मुलुकको आदान-प्रदान निरन्तर रुपमा अगाडि बढाइनुपर्छ। आदान-प्रदानमा आर्थिक र व्यापारिक आदान-प्रदान मात्र समावेश भएर हुँदैन सांस्कृतिक आदान-प्रदान पनि समावेश हुनुपर्छ।”