चीन र मध्य एसियाका पाँच देश नयाँ युगमा प्रवेश
2023-05-19 16:26:58cri
Share with:

चीन-मध्य एशिया शिखर सम्मेलन मे १८-१९ मा "प्राचीन सिल्क रोड" को पूर्वी प्रस्थान बिन्दु सिआनमा आयोजित भएको छ। यस शिखर सम्मेलन नै चीन-मध्य एशिया शिखर सम्मेलन संयन्त्रको औपचारिक स्थापना भएको प्रतीक हो। चीन र मध्य एसियाका पाँच देशले आपसी सहयोग, साझा विकास,  सुरक्षा र युगौंयुगसम्मको मित्रतालाई कायम राख्दै चीन-मध्य एशिया संयुक्त भाग्य समुदायको नयाँ युगको थालनी गर्ने प्रस्ताव चीनका सर्वोच्च नेता सी चिनफिङले प्रस्तुत गर्नुभयो।

वित्त, कृषि, गरिबी न्यूनीकरण, हरित र कम कार्बन उत्सर्जन, चिकित्सा र स्वास्थ्य एवम् डिजिटल नवीकरण जस्ता विकासका नयाँ बिन्दुहरूको संयुक्त निर्माण सम्बन्धमा शिखर सम्मेलनमा शृङ्खलावद्ध मतैक्यता हासिल गरिएको छ।

"प्राचीन सिल्क रोड" देखि "बेल्ट एण्ड रोड" अवधारणासम्म चीन र मध्य एसिया बीचको सम्बन्ध २,१०० वर्ष पुरानो भइसकेको छ।

सन् १९९२मा चीनले मध्य एसियाका पाँच देशसँग दौत्य सम्बन्ध स्थापना गर्यो।

सन् २०१३मा, मध्य एसियाको भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सिल्क रोडको चौतर्फी पुनरुत्थानलाई बढाउन सिल्क रोड आर्थिक पेटी प्रस्ताव प्रस्तुत गर्नुभयो।

बितेको एक दशकमा चीन मध्य एसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ भने यी पाँच देशसँगको व्यापार मात्रा ७०.२ अर्ब अमेरिकी डलर पुगेको छ, जुन दौत्य सम्बन्ध स्थापनाको सुरुवातभन्दा १५० गुणाले बढी हो।

चीन र मध्य एसियाका पाँच वटा देशहरूसँग ६२ जोडी भगिनी प्रान्त र शहरहरू बनेका छन्। प्रत्येक वर्ष आपसमा लाखौं मानिसहरूको आदानप्रदान भइरहेको छ र २ हजार वर्षसम्म चलेको मित्रताको कथामा निरन्तरता दिइराखेको छ।

सन् २०२२मा चीन र मध्य एसियाले चीन-मध्य एसिया संयुक्त भाग्य समुदायको निर्माण गर्ने घोषणा गरे।

चीन र मध्य एशियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३१ वर्षको इतिहासमा आयोजित यो पहिलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएका श्रृंखलाबद्ध विचारहरू तथा प्रस्तावहरूबाट चीन-मध्य एशिया सम्बन्धको नयाँ युगको खाका कोरिएको छ।

चीन र मध्य एशियाले विश्वको विकास, सुरक्षा र सभ्यता सम्बन्धि अवधारणा कार्यान्वयन गर्दै संयुक्त भाग्य समुदायको निर्माण गरिरहेका छन्।

सय वर्षमा देखापर्ने परिवर्तन तीव्र गतिमा अघि बढिरहेको बेला, विश्वलाई स्थिर, समृद्ध, सौहार्दपूर्ण तथा एक आपसमा जोडिएको मध्य एसियाको खाँचो छ।

यसका लागि सीले शिखर सम्मेलनमा सम्बोधन गर्दै चीन-मध्य एशिया संयुक्त भाग्य समुदायको अर्थबारे व्याख्या गर्नुभयो। जुन मध्य एशियामा "मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण" गर्ने अवधारणाको अभ्यास हो र यसै क्षेत्रमा सी चिनफिङले पहिले प्रस्तुत गर्नुभएको विश्वव्यापी विकास अवधारणा, विश्वव्यापी सुरक्षा अवधारणा र विश्वव्यापी सभ्यता अवधारणाको कार्यान्वयन हो र यो नै नयाँ ढाँचाको आधुनिक सभ्यताको विकास मार्गलाई अघि बढाउने प्रस्ताव पनि हो।