चीनद्वारा मध्य एशिया मुलुकसँग सहयोग सम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका ८ प्रस्ताव
2023-05-19 14:41:13cri
Share with:

मे १९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको पल्लो शानसी प्रान्तको सदरमुकाम सिआन सहरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चीन-मध्य एशिया शिखर सम्मेलनको अध्यक्षता गर्नुका साथै चीन र मध्य एशियाली मुलुकबीचको सहयोगबारे ८ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले यस शिखर सम्मेलनले चीन र मध्य एशियाली मुलुकबीचको सहयोगको नयाँ चौतारो स्थापना गर्नुका साथै नयाँ सम्भावना पनि सिर्जना गरेको बताउनुभयो।

चीनले यस शिखर सम्मेलनको मौका छोपेर मध्य एशियाका विभिन्न पक्षसँग घनिष्ठ समन्वय गरी चीन-मध्य एशिया सहयोगलाई राम्ररी तर्जुमा गर्ने, राम्ररी निर्माण गर्ने र राम्ररी विकास गर्ने पनि उहाँले व्यक्त गर्नुभयो।

सीले प्रस्तुत गर्नुभएका ८ वटा बुँदे प्रस्ताव यसप्रकार छन्,

१. संयन्त्रको स्थापनालाई सबल पार्ने,

२. आर्थिक व्यापारिक सम्बन्धलाई विस्तृत पार्ने,

३. पूर्वाधार प्रबन्धको जोड्लाई गहन पार्ने,

४. उर्जा श्रोत क्षेत्रको सहयोगलाई विस्तृत पार्ने,

५. हरित सिर्जनालाई अघि बढाउने,

६. आर्थिक विकासको शक्तिलाई उकासिने,

७. सभ्यताको आदानप्रदानलाई प्रबर्द्धन गर्ने,

८. क्षेत्रीय शान्तिको संरक्षण गर्ने।