नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर
2023-05-19 15:46:02cri
Share with:

एसियाली विकास बैङ्क (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कोरिडोरको हिस्साको रूपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताउनुभयो।

मनिलास्थित बैङ्कको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो। अब बन्ने अन्तर्राष्ट्रियकरण उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन्।