चीन-मध्य एशिया शिखर सम्मेलनमा भाग लिन आएका विदेशी नेताका श्रीमतीहरू स्थानीय कलाको अनुभव गर्दै
2023-05-19 19:30:00cri
Share with:

मे १९ को बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लियुआनले किर्गिजस्तानका राष्ट्रपतिकी श्रीमती जापारोभा र चीन-मध्य एशिया शिखर सम्मेलनमा भाग लिनुभएका उज्वेकिस्तानका राष्ट्रपतिकी श्रीमती मिर्जियोएभासँगै सिआन यीसु सोसाइटीको भ्रमण गर्नुभयो।

फङ लियुआन र अतिथिहरूले स्थानीय ओपेरा छिनछाङ संग्रहालयको भ्रमण गर्दा छिनछाङ ओपेराको ऐतिहासिक उत्पत्ति र विकासबारे जानकारी लिनुभयो। साथै उहाँहरूले थाङ राजवंशकालमा चिनियाँ र पश्चिमी संगीतकारहरूको सहकार्यमा बजाइने दृश्यहरू कोरिएका भित्तेचित्र हेर्दै पुनर्स्थापित थाङ राजवंशको सङ्गीत र नृत्य प्रदर्शनीमा भाग लिएर चीन तथा मध्य एशियाबीचको मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहासको अनुभव पनि गर्नुभयो।

यीसु सोसाइटीको प्रदर्शनी हलमा फङ लियुआन र अतिथिहरूले चित्रमा प्रयोग गरिने छायाँ कठपुतली बनाउने कलाको अनुभव पनि गर्नुभयो।

यसका अतिरिक्त, फङ लियुआन र अतिथिहरूले थिएटरमा छिनछाङ ओपेराको आनन्द पनि लिनुभयो। किर्गिजस्तानका राष्ट्रपतिकी श्रीमती जापारोभा र उज्वेकिस्तानका राष्ट्रपतिकी श्रीमती मिर्जियोएभाले सिल्क रोडले मध्य एसिया र चिनियाँ संस्कृतिलाई जोडेको बताउँदै चीनको उत्कृष्ट परम्परागत संस्कृतिको संरक्षण र उत्तराधिकारको प्रशंसा पनि गर्नुभयो।