राष्ट्राध्यक्ष सी चिनफिङ र मध्य एसियाका पाँच मुलुकका राष्ट्रनायकहरु संयुक्त रुपमा पत्रकार साक्षात्कार
2023-05-19 15:33:18cri
Share with:

मे १९ तारिख चीन-मध्य एसिया शिखर सम्मेलन सिआन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सफलताका साथ आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र काजाकिस्तानका राष्ट्रपति तोकायेभ, किर्गिजस्तानका राष्ट्रपति जापारोभ, ताजिकिस्तानका राष्ट्रपति राहमोन, तुर्कमेनिस्थानका राष्ट्रपति बेर्दिमुहामेदोभ र उज्वेकिस्तानका राष्ट्रपति मिरजियोयेभले संयुक्त रुपमा पत्रकारहरुसँग साक्षात्कार गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले आफू र मध्य एसियाका पाँच मुलुकका राष्ट्रनायकहरुले सफलताका साथ चीन-मध्य एसिया शिखर सम्मेलनको आयोजना गरी “चीन-मध्य एसिया शिखर सम्मेलन सम्बन्धी सिआन घोषणा-पत्र”मा हस्ताक्षर गरी भविष्यमा चीन-मध्य एसिया सम्बन्धको विकास सम्बन्धी खाका बनाएको जानकारी दिनुभयो।

राष्ट्राध्यक्ष सीले चीन र मध्य एसियाका राष्ट्रनायकहरु भेटघाट चौतारोको औपचारिक रुपमा स्थापना गर्ने भन्दै हरेक दुई वर्षमा राष्ट्रनायकहरु बीच पालैपालो गरी चीन तथा मध्य एसियाली मुलुकमा भेट्ने, अर्को पटकको शिखर सम्मेलन सन् २०२५ मा काजाकिस्तानमा आयोजना हुने जानकारी दिनुभयो।