मध्य एशियाली मुलुकका नेताका लागि सिआनमा स्वागत समारोह
2023-05-19 14:34:23cri
Share with:

मे १८ तारिख राती चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी धर्मपत्नी फङ लीयुआनले पल्लो शान्सी प्रान्तीय सदरमुकाम सिआनमा चीन-मध्य एशिया शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका मध्य एशियाली मुलुकका नेताहरू र उहाँहरूका श्रीमतीहरूका लागि स्वागत समारोहको आयोजना गर्नुभयो।

 समारोहमा राष्ट्राध्यक्ष सीले भाषण दिनुभएअनुसार पल्लो शान्सी प्रान्त प्राचीन रेशमी मार्गको प्रस्थान बिन्दु भएको बताउँदै यो चीन र मध्य एशियाली मुलुकबीच दुई हजार वर्षभन्दा बढी गहन मित्रताको साक्षी बसेको छ।

 हजारौँ वर्षमा चीन र मध्य एशियाली मुलुकका जनताले सम्पर्क राखेर पारस्परिक सिकाईको साथमा प्राचीन रेशमी मार्गको शानदार सिर्जना गरेको देखिन्छ। चीन र मध्य एशियाली मुलुकबीचको दौत्य सम्बन्ध स्थापना भएयता असाधारण इतिहास पार गरी उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

 अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भएपनि चीन र यी राष्ट्रहरुले सधैं एक अर्कालाई सम्मान गरेका छन्, असल छिमेकी र मित्रता निर्माण गरेका छन्, र पारस्परिक हित तथा फाइदाको सिद्धान्तलाई कायम राख्दै आएका छन्। जसबाट क्षेत्रीय शान्ति र विकास प्रवर्द्धनमा सकारात्मक ऊर्जा पुर्याउँदै मानव जातिको लागि साझा भविष्यको एकीकृत समुदायको निर्माणलाई प्रवर्द्धन गर्न नयाँ योगदान दिइएको छ।

 मध्य एशियाली मुलुकले चीनको तीव्र विकासको रेल चढेर संयुक्त रुपमा चीन मध्य एशिया सहयोगको अझ राम्रो भविष्य सिर्जना गर्दैजाने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।