विश्वमा अझ बढी “चीन- मध्य एशिया योगदान” चाहिने
2023-05-20 16:23:50cri
Share with:

मे १९ तारिख प्राचीन रेशमी मार्गको सुरूवाती बिन्दु अर्थात् चिनियाँ पल्लो शान्सी प्रान्तीय सी आन शहरमा प्रथम चीन-मध्य एशिया शिखर सम्मेलनको सफल आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शिखर सम्मेलनको अध्यक्षता गर्नुका साथै भाषण गर्नुभएको छ। उहाँले चीन-मध्य एशिया भाग्य समुदायको निर्माणबारे “४ दृढता” र चीन तथा मध्य एशियाली मुलुकबीचको सहकार्यबारे “८ बुँदे प्रस्ताव ” प्रस्तुत गर्नुभएको छ। जसले मध्य एशियाली मुलुकका राष्ट्रनायकहरूको उच्च समर्थन र हार्दिक मान्यता पाएको छ।

यो चीन र मध्य एशियाली पाँच मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएदेखि ३१ वर्षमा पहिलोपटक वार्ताको तारिकामार्फत् शिखर सम्मेलन गरिएको हो। यो चीन-मध्य एशिया व्यवस्थापन स्थापनादेखि ३ वर्षमा पहिलो शिखर सम्मेलन पनि हो। त्यसैले यो शिखर सम्मेलनले बाह्य पक्षको ध्यानाकर्षण पाएको छ।

वर्तमान विश्वको परिवर्तन हुनुका साथै युगको पनि परिवर्तन हुँदैछ। राष्ट्राध्यक्ष सी चिनफिङको भनाइअनुसार, चीन-मध्य एशिया भाग्य समुदायको निर्माण “नयाँ युगको पृष्ठभूमिमा विभिन्न देशका जनताको मूल फाइदा र उज्यालो भविष्यका लागि गरेको ऐतिहासिक छनौट हो।”

नयाँ युगमा चीन-मध्य एशिया भाग्य समुदायको निर्माण कसरी गर्ने? चीनको जवाफ “आपसी सहयोग, साझा विकास, सुरक्षा र युगौंयुगसम्मको मित्रता” भन्ने रहेको छ। दुइ पक्षको सहयोगलाई कसरी अगाडि बढाउने? चीनले संयन्त्रको निर्माणलाई सबल पार्ने, आर्थिक तथा व्यापारिक सम्बन्धको विस्तार पार्ने, अन्तर्क्रियालाई गहन पार्ने, उर्जा-श्रोतको सहयोगलाई विस्तार पार्ने, हरित नवीकरण बढाउने, विकास क्षमता बढाउने, सभ्यताको वार्तालाई प्रवर्द्धन पार्ने, क्षेत्रीय शान्तिको संरक्षण गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।

त्यसमध्ये “बेल्ट एण्ड रोड” दुइ पक्षको सहयोगलाई सबल पार्ने सबैभन्दा शक्तिशाली लिंक हो। १० वर्षअघि मध्य एशियामा “बेल्ट एण्ड रोड” प्रस्ताव पहिलोपटक प्रस्तुत गरिएको थियो। हाल पाँच मध्ये एशियाली मुलुकहरूले “बेल्ट एण्ड रोड” प्रस्ताव र आ-आफ्नै प्रस्ताव तथा रणनीति बीचको जोडलाई सबल पार्ने व्यक्त गरेका छन्। कजाकिस्तानका राष्ट्रपति कास्सयम जोमार्ट तोकायेभको मूल्याङ्कनमा “हामी सबैले चीनसँगको सम्बन्धबाट फाइदा पाएका छौं। हामीले सक्दो प्रयासमा यो सहयोगलाई घच्घच्याउनेछौं। ”

चीन र मध्य एसियाली मुलुकहरु बीचको सहयोग तेस्रो पक्ष लक्षित नहुने र तेस्रो पक्षबाट नियन्त्रित नहुने स्पष्ट छ। जसले बन्द “सानो समूह”को स्थापना नगरेर समूह राजनीति र शीतयुद्ध तथा भिडन्तको विरोध गर्नेछ। यो विश्वले चाहने सक्रिय शक्ति हो। वर्तमान जटिल र गम्भीर अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र ५ मध्य एशियाली मुलुक बीचको खुला तथा सहिष्णु सहयोगले क्षेत्रीय तथा विश्वका लागि प्रेरक शक्ति थप्नेछ।

शिखर सम्मेलनपछि ६ मुलुकका राष्ट्रनायकहरूले संयुक्त रूपमा अनारको बिरूवा रोप्नुभयो। जसले ६ मुलुकले अनारको बीउजस्तै घनिष्ट रूपमा एकता गर्ने प्रतीकात्मकता बोकेको छ। यो आपसी चाहना हो भन्ने विश्वको चाहना पनि हो। ६ मुलुकको सहयोगले  विश्वका लागि अझ बढी “चीन- मध्य एशिया योगदान”दिनेछ।