रुसी प्रधानमन्त्री चीन भ्रमणमा आउनुहुँदै
2023-05-20 17:16:10cri
Share with:

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मे २३ देखि २४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुँदै छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले १९ तारिख आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

प्रवक्ता वाङका अनुसार, रूसी प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, व्यावहारिक सहयोग र साझा अभिरूचिका विषयबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्ने योजना छ। पैचिङबाहेक, प्रधानमन्त्री मिशुस्टिनले शाङहाईको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ।

प्रवक्ता वाङले अगाडि भन्नुभयोः "सबैभन्दा ठूलो छिमेकी र मुख्य उदीयमान बजार मुलुकका रूपमा चीन र रुस बीचको बलियो सहयोग लचिलो, ठूलो निहित शक्ति र सहयोगको सम्भावनाले पनि ठूलो छ। प्रधानमन्त्री मिशुस्टिनको चीन भ्रमणले द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने र मानवीय तथा क्षेत्रीय आदानप्रदानलाई घनिष्ट बनाउने अपेक्षा छ। यो सहयोगमार्फत् विश्व आर्थिक पुनरुत्थानमा बलियो र जीवन्त शक्ति थपिनसक्नेछ।"