विशेष रेलद्वारा फूलको आनन्द
2023-05-20 19:05:16CRI
Share with:

चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित अर्शान, भित्री मंगोलिया स्वायत्त प्रदेशको प्रसिद्ध पर्यटकीय शहर हो। प्रत्येक वर्षको मे महिनाको मध्यदेखि अन्तसम्म, अर्शान लालीगुराँस फुल्ने मौसममा प्रवेश गर्छ र जताततै "फूलहरूको समुद्र" जस्तै देखिन्छ।

मे १९ तारिख १५औं अर्शान लालीगुराँस सांस्कृतिक पर्यटन महोत्सव शुरू भयो। उद्घाटन समारोहमा, फूल हेर्ने यात्रा, गाडी टूर, छुट्टी भ्रमण, फोटो खिच्ने यात्रा र देशभक्ति यात्रा लगायत जम्मा गरी ५ किसिमका पर्यटन मार्ग संचालनमा आएका छन्। साथै लालीगुराँस सम्बन्धि३४ प्रकारका अर्शान सांस्कृतिक र रचनात्मक उत्पादनहरू र १२ प्रकारका खानाहरू पनि समावेश गरिएको छ। 

उद्घाटन समारोहमा भाग लिने धेरै पर्यटकहरू विगत दुई दिनमा विशेष रेलद्वारा अर्शान पुगेका हुन्। यो चीन रेलवे शनयांग ब्यूरोद्वारा संचालित पहिलो लालीगुराँस अवलोकन रेल हो।