चिनियाँ परराष्ट्रमन्त्री छिन काङद्वारा चीन-मध्य एशिया शिखर सम्मेलनको उपलब्धिबारे चर्चा
2023-05-20 16:35:48cri
Share with:

मे १८ तारिखदेखि १९ तारिखसम्म चिनियाँ पल्लो शान्सी प्रान्तीय सी आन शहरमा चीन-मध्य एशिया शिखर सम्मेलनको सफल आयोजना भयो।

चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री छिन काङले अन्तर्वार्ता दिँदै अझै घनिष्ट चीन-मध्य एशिया भाग्य समुदायको निर्माण गर्नु नै चीन-मध्य एशिया शिखर सम्मेलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको कुरा बताउनुभयो। 

मन्त्री छिन काङका अनुसार, यो चीन-मध्य एशिया व्यवस्थापन स्थापनादेखि ३ वर्षमा पहिलो शिखर सम्मेलन पनि हो। जसले दुइ पक्षको सम्बन्धको इतिहासमा नयाँ ऐतिहासिक कोसेढुंगा स्थापना गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भाषण गर्दा चीन-मध्य एशिया भाग्य समुदायको निर्माणबारे “४ दृढता” र चीन तथा मध्य एशियाली मुलुकबीचको सहकार्यबारे “८ बुँदे प्रस्ताव” प्रस्तुत गर्नुभएको छ। जसले मध्य एशियाली मुलुकका राष्ट्रनायकहरूको उच्च समर्थन र हार्दिक मान्यता पाउनुका साथै अझै घनिष्ट चीन-मध्य एशिया भाग्य समुदायको निर्माण गर्न मार्गदर्शन पनि दिएको छ। शिखर सम्मेलनको अवसरमा चीन र ५ मध्य एशियाली मुलुकले “सी आन घोषणा”लगायत ७ द्वीपक्षीय तथा बहुपक्षीय दस्तावेज र अरू करिब १०० सहयोग सन्धिमा हस्ताक्षर गरेका छन्। सम्मेलन ज्यादै उपलब्धिजनक र प्रभावकारी छ।