अरब लिगका राष्ट्रनायक परिषद्को ३२ औँ अधिवेशनलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश
2023-05-20 00:20:04cri
Share with:

मे १९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अरब लिगका राष्ट्रनायक परिषद्को ३२ औँ अधिवेशनको वर्तमान अध्यक्ष मुलुक साउदी अरबका राजा सलमानलाई सो अधिवेशन आयोजना गरिएकोमा बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले  यसरी जोड दिनुभयोः लामो समयदेखियता, अरब लिग अरब संसारको एकता र मध्यपूर्वी क्षेत्रको शान्ति, स्थिरता र विकासको प्रवर्द्धनको लागि प्रतिबद्ध रहिरहेको छ। भविष्यलाई ध्यानमा राख्दै चीन र अरबेली मुलुकहरूसँग मिलेर आपसी परम्परागत मित्रताको विस्तार गर्ने इच्छा लिएको छ। चीन-अरब रणनीतिक साझेदारी सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याइदिने र चीन-अरब मित्रताको नयाँ अध्याय लेख्दै जाने आशा पनि चीनले राखेको छ।