चीनले विश्वका लागि अवसर ल्याउँछ, चुनौती होइनः चीन
2023-05-20 08:00:30cri
Share with:

चालू वर्षको जी-७ शिखर सम्मेलनको विज्ञप्तिमा चीनसँगको सम्पर्क तोड्नुको सट्टा चीनलाई खतरा ठानेर त्यसलाई हटाउनुमा जोड दिने कुरा हालै अमेरिकी उच्च अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले १९ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा जवाफ दिँदै भन्नुभयोः चीनले विश्वका लागि चुनौती होइन, अवसर ल्याउँछ। अशान्ति होइन, स्थायित्व ल्याउँछ र जोखिम होइन, बीमा ल्याउँछ।

चीनले शान्तिपूर्ण विकासको मार्गमा अडिग रहेर पारस्परिक लाभ र जीत–जीतको परिणाम खोज्ने खुला रणनीतिलाई दृढतापूर्वक अवलम्बन गरिरहेको छ। वर्तमान विश्वको जोखिमबारे चर्चा गर्दै प्रवक्ता वाङले यसरी भन्नुभयोः

 "आज विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो जोखिम भनेको अफगानिस्तान, इराक र सिरिया जस्ता कमजोर र साना देशहरूलाई लक्षित बर्बर आक्रमणको प्रभुत्ववादी कार्य हो, बजार अर्थव्यवस्था र अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक नियमहरूको सिद्धान्तलाई भङग पार्ने धम्कीपूर्ण व्यवहार हो, अन्य देशका उद्यमहरूलाई अनुचित रूपमा दबाउने कार्य हो र विश्वलाई शीतयुद्धको युगमा फर्काउन खोज्ने हर्कत हो। यी जोखिमहरूमध्ये कुनै पनि चीनबाट ल्याइएको होइन, तर चीनलाई विभिन्न तरिकामा लेबल लगाउन खोजिरहेका थोरै देशहरूबाट आएका हुन्। वास्तवमा विश्वलाई यसको उल्टो गर्ने योजना चाहिन्छ।"