अर्शानको लालीगुराँसबाट पर्यटकहरू आकर्षित
2023-05-20 19:02:57CRI
Share with:

चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित अर्शान शहर भित्री मंगोलिया स्वायत्त प्रदेशको एक भाग हो। अर्शान मंगोलियाली शब्द हो जसको अर्थ "न्यानो र पवित्र पानीको फोहरा" भन्ने हो। हरेक वसन्त ऋतुमा अर्शानमा पातहरू हरियो बन्नु अगावै र हिउँ पग्ली नसक्दै यहाँका पहाडहरूमा लालीगुराँसका फूलहरू फुल्न थाल्छन्। मे १९ तारिख चीनमा पर्यटन दिवस मनाइन्छ र १५ औं अर्शान लालीगुराँस सांस्कृतिक पर्यटन महोत्सव पनि सोही दिन शुरू भयो।