विदेश मन्त्रालय: संयुक्त राज्य अमेरिका बलपूर्वक कूटनीतिको सुरुवातकर्ता हो!
2023-05-20 17:53:18cri
Share with:

'केही देशहरूले शक्तिशाली मुलुकको रूपमा, जबर्जस्ती नीति र आर्थिक बलको प्रयोगमार्फत् अरू देशलाई आज्ञाकारी बनाउन अमेरिका अभ्यस्त छ। वास्तवमा, अमेरिका नै बलकूटनीतिकर्ता हो र जबर्जस्ती कूटनीतिको आविष्कारक, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पदा अधिकारको हकदार हो।

मे १८ तारिख अमेरिकी सरकारका उच्च अधिकारीले जी-७ शिखर सम्मेलन विज्ञप्तिमा चीनको 'आर्थिक दबाब' प्रति चिन्ता व्यक्त गरे। यसै सन्दर्भमा, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आयोजित नियमित पत्रकार सम्मेलनमा जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

उहाँले अगाडि भन्नुभयो, ‘हाल अमेरिकी कूटनीतिक नीतिको साधन बाकसमा जबर्जस्ती कूटनीति मानक छ। जसबाट विश्वका विभिन्न देशहरू पीडित भएका छन् विशेष गरी विकासोन्मुख देशहरू। चीन कहिल्यै पनि जबर्जस्ती र प्रभुत्ववादी गतिविधिमा संलग्न भएको छैन। हामी सधैं आधिपत्यवाद, एकपक्षीयतावाद र जबर्जस्ती कूटनीतिको विरुद्ध स्पष्ट अडान लिइरहेका छौं। जी-७ मुलुकहरूले हाम्रो युगको खुला र समावेशी प्रवृत्ति अनुकूल हुन आग्रह गर्दछौं र जबर्जस्ती कूटनीति र 'सानो घेरा' मा सीमित नहुन आग्रह गर्दछौं।"