विश्वको सबैभन्दा अग्रणी प्राविधिक उत्पादनहरू पैचिङमा
2023-05-21 07:40:58cri
Share with:

मे २५ देखि ३० सम्म आयोजना हुने चोङक्वानछुन मञ्चको प्रविधि व्यापार मेलामा "१०० नयाँ प्रविधि तथा उत्पादनको सूची" र "१०० अन्तर्राष्ट्रिय प्रविधि व्यापार तथा नवीन योजनाहरूको सूची" सार्वजनिक गरिनेछ। विश्वका दर्जनौं देशहरूबाट संकलित सबभन्दा नवीनतम, अग्रणी नयाँ प्रविधि र उत्पादनहरू सोही अवधिमा सामूहिक रूपमा देखाइने छ।

पैचिङ चोङख पावर टेक्नोलोजी कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हान वैले यसरी भन्नुभयो, "१०० नयाँ प्रविधि र उत्पादनहरूको सूचीमा समावेश भएपछि, हाम्रा संचालकरहित ट्र्याक्टरहरू पाकिस्तान लगायतका देशहरूमा अब परीक्षणात्मक रूपमा प्रयोग गरिँदै छ।"

सन् २००७ देखि आयोजना हुँदै आएको चोङक्वानछुन मञ्चको मुख्य उद्देश्य "नवीनता र विकास" भन्ने हो र विज्ञान तथा प्रविधिको नवाविष्कारमा विश्वव्यापी आदानप्रदान र सहयोगलाई बढाउनु हो। हालसम्म "१०० नयाँ प्रविधि र नयाँ उत्पादनहरूको सूची२०२३"ले विश्वका विभिन्न ३३ देशहरूका २८८० भन्दा बढी संस्थाहरूका तर्फबाट आवेदन गरिएका ३ हजार २ सय २० भन्दा नयाँ प्रविधि र नयाँ उत्पादन परियोजनाहरू पाइसकेको छ।