मिक्रोसेनियाका नवनियुक्त राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई
2023-05-21 19:15:59cri
Share with:

मे १८ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले वेस्ले सिमिनालाई मिक्रोसेनियाका राष्ट्रपतिको पद सम्हाल्नुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

 

सन्देशमा सीले यसरी भन्नुभयोः ३४ वर्षअघि चीन र मिक्रोसेनिया बीच दौत्य सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान र समान व्यवहारका आधारमा दुई देशबीचको सम्बन्धमा ठूलो प्रगति भएको छ जसबाट दुवै देशका जनताका लागि वस्तुगत हित कल्याण ल्याइएको छ।

 

राष्ट्रपति सिमिनासँग हातमा हात मिलाएर एकअर्काको मुख्य हितसँग सम्बन्धित विषयमा समर्थन दिन, विभिन्न क्षेत्रमा हुने आदानप्रदान र सहयोगलाई गहन बनाउन, चीन-मिक्रोसेनियाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको निरन्तर विकासलाई बढाउन तथा दुई देशका जनताको हित कल्याण सिर्जना गर्न तयार भएको पनि राष्ट्राध्यक्ष सीले जनाउनुभयो।