विभिन्न देशका राजनीतिक गण्यमान्य व्यक्ति तथा विद्वानहरूबाट चीन-मध्य एशिया शिखर सम्मेलनको मूल्याङ्कन
2023-05-21 16:06:10cri
Share with:

मध्य एशियाली तथा दक्षिण एशियाली देशका राजनीतिक गण्यमान्य व्यक्ति तथा विद्वानहरूले सीएमजीको सम्वाददातालाई अन्तर्वार्ता दिँदै चीन-मध्य एशिया शिखर सम्मेलनको सक्रिय मूल्याङ्कन गरेका छन्।

              

चीन- मध्य एशिया शखर सम्मेलनको चीनले क्षेत्रीय विकास तथा प्रगति, सुरक्षा तथा स्थिरता, आपसी सभ्यताको आदानप्रदानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका रहेको पाकिस्तानी उद्योग मन्त्री टास्नीम एहमद ध्रेशीले बताउनुभएको छ। उहाँले केही देशहरूले क्षेत्रीय भिडन्त तथा देशबीचको द्वन्द्वको प्रयोग गरी आफ्नै फाइदा खोज्ने गतिविधिको आलोचना पनि गर्नुभएको छ।

 

बंग्लादेशका प्रसिद्ध थिंकट्यांक, नीति वार्ता केन्द्रका विज्ञ एवम् पूर्व निर्देशक मुस्टाफिचुर रहमानले दश वर्षमा मध्य एशिया “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय निर्माण गर्ने नमूना क्षेत्र बनेको टिप्पणी गर्नुभएको छ। बंग्लादेशले “बेल्ट एण्ड रोड” सम्बन्धी परियोजनाको छिटो विकास गर्ने, अन्तरक्रिया, व्यापार तथा लगानी क्षेत्रमा चीनसँग सहकार्यलाई सबल पार्ने प्रतिक्षामा रहेको र चीनको आधुनिकीकरण बाटोले बंग्लादेशको दिगो विकासका लागि अनुभव दिने आशा गरेको छ।

अफ्गानिस्तानी खरिड रेडियोअन्तर्गत समाचार विभागका प्रमुख फाखिर मोहम्मद फाखिरजायले मध्य एशियाको आर्थिक विकास गर्न र क्षेत्रीय स्थिरताको संरक्षणमा चीनले ज्यादै महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। चीन र मध्य एशियाका ५ मुलुकबीचको सहकार्यको प्रवर्द्धनले अफ्गानिस्तान समस्याको समाधान गर्न सकारात्मक भूमिका खेल्नेछ। क्षेत्रीय सुरक्षा तथा स्थिरता र विश्व शान्तिको संरक्षण गर्न महत्वपूर्ण अर्थ रहेको छ।