चीनद्वारा राष्ट्रिय जैविक विविधता अनुगमन सञ्जाल स्थापना
2023-05-21 16:43:36CRI
Share with:

चीनले राष्ट्रिय जैविक विविधता अनुगमन सञ्जाल स्थापना गरेको छ।

मे २२ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। प्राप्त जानकारी अनुसार, चीनमा सम्पूर्ण देशलाई ढाकिने जैविक विविधता अनुगमन सञ्जाल स्थापना भएको छ र १८ लाख अनुगमन रेकर्डहरू प्राप्त भएका छन्।

ती दृश्य रेकर्डहरू मूल्यवान र दुर्लभ हुन लागेका प्रजातिका हुन् जसबाट जैविक विविधता संरक्षण र व्यवस्थापनको लागि डेटा समर्थन प्रदान गरिएको छ।