विश्व स्वास्थ्य संगठन सम्मेलनद्वारा लगातार ७ वर्षसम्म थाइवान सम्बन्धी प्रस्तावलाई अस्वीकार
2023-05-22 19:33:38cri
Share with:

मे २२ तारिख ७६औं विश्व स्वास्थ्य संगठनले कुनै मुलुकले प्रस्तुत गरेको “संगठनको सम्मेलनमा पर्यवेक्षकको हैसियतमा थाइवानको सहभागिता” सम्बन्धी प्रस्तावलाई सम्मेलनको सूचीमा राख्न अस्वीकार गरेको छ।

 

संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय र स्विट्ज्ल्याण्डका अन्य अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ आवासीय प्रतिनिधि राजदूत छ्न स्युले सीएमजीलाई अन्तर्वार्ता दिँदै उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, विश्व स्वास्थ्य संगठन सम्मेलनले लगातार ७ वर्षसम्म थाइवान सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेको कुराबाट एक मात्र चीन भन्ने सिद्धान्तलाई अन्तर्राष्ट्रिय समाजले विस्तृत रूपमा समर्थन गरेको प्रतिबिम्बित भएको छ। त्यो वर्तमान परिस्थितिको प्रवृत्ति र साझा जनमतको ठहर रहेको छ।

 

अन्तर्राष्ट्रिय समाजको प्रतिक्षा र विश्व जनताको अभिलाषा विपरीत हुने र थाइवान समस्यामा अन्तर्राष्ट्रिय नियम र न्यायको उल्लंघन गरिने सबै कारवाई अन्त्यमा विफल हुने कुरा पनि राजदूत छ्नले जनाउनुभएको छ।