चीनमा जैविक विविधता संरक्षण फलदायक
2023-05-22 19:09:32cri
Share with:

मे २२ तारिख २३औँ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। चालू वर्ष यस दिवसको मुख्य विषय ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ।

 

राष्ट्रिय वन तथा घाँस विभागबाट प्राप्त समाचार अनुसार, जोडतोडसँग संरक्षण गरिएपछि चीनमा संरक्षण सूचिमा रहेको महत्वपूर्ण जंगली जनावर तथा वनस्पति समूह निरन्तर रुपमा पुन:स्थापना हुँदै आएको छ।

 

विगत केही वर्षयता चीनले निकै लोपोन्मुख जंगली जनावर तथा एकदम सानो जंगली वनस्पतिको संरक्षण परियोजनाको कार्यान्वयन गरेपछि एसियाली हात्ती तथा तिब्बती चिरु लगायत ३०० भन्दा बढी किसिमका लोपोन्मुख जंगली जनावर र वनस्पति समूहको संख्या स्थिरताका साथ बढ्दै आएको छ भने तिनीहरुको वासस्थान र प्रजनन् गर्ने वातावरणमा स्थिरताका साथ सुधार हुँदै आएको छ।