फ्रान्सको मिशलिन भान्से क्वाङ थानको मिठो चिनियाँ खानाबारे चीनको यात्रा सम्बन्धी कथा-१
2023-05-22 09:19:28cri
Share with:

फ्रान्सेली क्वाङ थानले बाल्यकालदेखि नै सुदूर पूर्वी संसारप्रति चासो राख्नुभयो। फ्रान्समा धेरै मिठो खाना पाइए तापनि चिनियाँ खानाले चाँडै नै उहाँको मनमा गहिरो छाप पारेको थियो। उहाँको जन्मथलोमा एउटै मात्र चिनियाँ रेस्टुराँ थियो। यस रेस्टुराँले चिनियाँ खाना पकाउने तरिका वास्तविक चिनियाँ शैलीको नभए तापनि यहाँ खाना खान पाउनु ताजा तथा खुसीलाग्दो कुरा थियो।

म फ्रान्सको एउटा सानो शहरबाट आएको हुँ। हामीकहाँ एउटै मात्र चिनियाँ रेस्टुराँ थियो। तथापि चिनियाँ खाना खाने तरिका, विशेष गरी चप्स्टिकको प्रयोग गर्ने र तरकारीहरुलाई टेबलमा राखेर सबै जनाका लागि बाँड्ने कुरा मेरो लागि ताजा कुरा थियो।

 

सन् २००२ मा क्वाङ थान व्यापार प्रशासन पढ्न चीन आउनुभएको थियो। यस विषय अध्ययनको चार वर्षे अवधिमा चिनियाँ मिठो खानाबाट उहाँमा पाक् कलाप्रति चासो बढेको थियो। त्यसपछि उहाँले व्यापार प्रशासन विषय छोडेर फ्रान्सको पाउल बोकुस इन्स्टिच्युटमा पाक कला सम्बन्धी विषय पढ्नुभयो। त्यसपछि उहाँले फ्रान्सको मिशलिन रेस्टुराँमा काम गर्न थाल्नुभयो। तथापि क्वाङ थानले चिनियाँ खानाको मिठो स्वाद सम्झना गर्नुभयो।

मैले हट पटका लागि तामाबाट बनाइएको एउटा भाँडा पैचिङबाट फ्रान्ससम्म लगेको थिएँ, यसरी फ्रान्समा पनि हट पट खान पाएको थिएँ। मैले पनि सधैं आफ्नो घरमा केही चिनियाँ खाना पकाउँथेँ।

 

सन् २०१० मा शाङहाई विश्व एक्स्पोको अवधिमा फ्रान्सको पाउल बोकुस इन्स्टिच्युटले शाङहाईमा एउटा शाखा विद्यालय खोलेको थियो। चीनमा अध्ययन गरेका क्वाङ थान यस विद्यालयका प्रधान भान्से बन्नुभयो। क्वाङ थानले शाङहाईमा हरेक मानिसले आफू अनुकूल जीवन बाँच्ने तरिका अपनाउनसक्ने भन्नुभयो,

शाङहाईमा ठूलो समावेशिता छ। एक जना फ्रान्सेलीको रुपमा फ्रान्ससँग सम्बन्धित कुराहरू भेट्नु आवश्यक थियो। शाङहाईमा फ्रान्सेली शैलीको संस्कृति तथा फ्रान्सेली रेस्टुराँहरु धेरै छन्। विदेशीहरु शाङहाईमा बस्दा पनि विदेशमा जस्तै अनुभव पाउन सक्छन्। चीन एकदम ठूलो छ, हरेक प्रान्त र हरेक क्षेत्रको विशेष खाना छ। दिउँसो सिन च्याङको खाना खाएर बेलुका स छ्वानको खाना खान पाइन्छ। त्यसैले अहिले चीन छोड्ने मेरो विचार छैन।

 

विगत दश वर्ष भन्दा बढी अवधिदेखि शाङहाईले विदेशका लागि खुलापन गर्दै गुणस्तरिय विकासलाई अघि बढाएर विश्वसँगै चिनियाँ सुअवसर बाँड्दै आएको छ। क्वाङ थानले शाङहाई चीनको तीव्र विकास भएको एउटा प्रतिनिधि सहर भएको भन्दै निरन्तर रुपमा खुला भएको चीनले विश्वलाई आश्चर्यजनक कुरा ल्याएको बताउनुभयो।

सन् २०१० देखि २०२३सम्म शाङहाईमा ठूलो परिवर्तन देखिएको छ। शाङहाईका धेरै फार्महरुमा विशेष गरी पश्चिमी खानाका लागि आवश्यक केही सागहरु रोपिन्छन्। पकाउनका लागि चाहिने केही सामग्री खोज्न विदेशमा भन्दा चीनमा सजिलो छ। चीन र विदेश बीचको व्यापार धेरै थरिका छन्। चीनमा फ्रान्सको गोरुको मासु, फ्रान्सको हाम पाइन्छ। पश्चिमी खानाका लागि जुनसुकै कच्चा पदार्थ चीनमा पाइन्छ। उपभोक्ताहरु ठेट् फ्रान्सेली खाना खान पाउँछन्।