चीनद्वारा आपसी हितयुक्त र साझा जीत हुने सहकार्यलाई प्रबर्द्धन
2023-05-22 19:10:01cri
Share with:

मे २२ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै युरोपेली संघ परिषद्का अध्यक्ष युर्सुला भोन देर्लेएनले जी ७ समूहको शिखर सम्मेलनमा तथाकथित केही मुलुकले चीनको ऋणलाई स्वीकार गरेपछि ऋण संकटमा परेको सम्बद्ध प्रश्नको जवाफ दिनुभएको छ।

 

प्रवक्ता माउ निङका अनुसार, बेल्ट एण्ड रोड प्रस्ताव निकै लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादित वस्तुको रूपमा बनेको मुख्य कारण संयुक्त रूपमा विचारविमर्श गर्ने, निर्माण गर्ने र उपभोग गर्ने सिद्धान्तलाई कायम राख्नु नै रहेको छ। चीनले आपसी हितयुक्त र साझा जीत हुने सहकार्यलाई अघि बढाउनुका साथै अझ सहिष्णु, हितकल्याणयुक्त र सन्तुलित साझा विकासलाई अघि बढाउँदै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।