दक्षिण चीन सागरमा दुई पुराना पानीजहाजको भग्नावशेष फेला
2023-05-22 15:08:47cri
Share with:

मे २१ तारिख चीनको सांस्कृतिक सम्पदा व्यूरो, चीनको विज्ञान तथा प्रविधि मन्त्रालय, चिनियाँ विज्ञान प्रतिष्ठान र हाइनान प्रान्तको जनसरकारले हाइनानको सान या शहरमा चीनको गहिरो समुद्री पुरातात्विक कार्यमा ठूलो प्रगति भएको जनाएको छ। सन् २०२२ को अक्टोबरमा दक्षिण चीन सागरको उत्तरपश्चिमी ढलानमा करिब १,५०० मिटरको गहिराईमा दुईवटा पुराना पानीजहाजको भग्नावशेषहरू फेला परेको थियो। मे २० तारिखमा पानीमुनि सर्वेक्षण र भग्नावशेषको म्यापिङको लागि आधार बिन्दु राखिएको थियो र प्रारम्भिक खोज अनुसन्धान र छवि रेकर्डहरू गरिएकत्र थियो, जसले चीनको गहिरो-समुद्री पुरातत्वमा नयाँ अध्याय खोलेको छ।