विश्व स्वास्थ्य संगठन सम्मेलनद्वारा थाइवान-सम्बन्धित प्रस्तावहरू पुनःअस्वीकार चिनियाँ परराष्ट्र मन्त्रालय: "स्वतन्त्रता खोज्नका लागि महामारीको प्रयोग" कुनै तरिका होइन
2023-05-23 09:49:41cri
Share with:

मे २२ तारिख ७६औँ विश्व स्वास्थ्य सम्मेलनले फेरि एक पटक बेलीज र अन्य देशहरूको "विश्व स्वास्थ्य सम्मेलनमा थाइवानलाई पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रित गर्ने" भन्ने प्रस्तावलाई सभाको एजेन्डामा समावेश गर्न अस्वीकार गरेको छ।

 

यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो कि “विश्व स्वास्थ्य संगठन सम्मेलनले तथाकथित थाइवान सम्बन्धी प्रस्तावलाई धेरै पटक अस्वीकृत गरेको छ। यसले एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको आकांक्षा र समयको प्रवृत्ति भएको तथा कुनै पनि चुनौतीलाई अनुमति छैन भन्ने पूर्ण रूपमा देखाउँछ।”

 

यस पटकको विश्व स्वास्थ्य संगठन सम्मेलन सुरूअघि झन्डै सयवटा देशहरूले एक चीन सिद्धान्तप्रति अडिग रहँदै विश्व स्वास्थ्य संगठनलाई पत्र पठाएर वक्तव्यसमेत जारी गरी विश्व स्वास्थ्य संगठन सम्मेलनमा थाइवानको सहभागिताको विरोध गरेका थिए।

 

चीनको केन्द्रीय सरकारले थाइवानका देशवासीहरूको स्वास्थ्य र कल्याणलाई ठूलो महत्व दिएको छ। एक चीन सिद्धान्तको आधारमा विश्व स्वास्थ्य मामिलाहरूमा थाइवानको सहभागिताकालागि उचित व्यवस्था गरिएको छ।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयो कि, हामी फेरि एक पटक थाइवान प्रजातान्त्रिक प्रगतिशील पार्टी अधिकारीहरूलाई सल्लाह दिन्छौँ कि जनमतलाई उल्लङ्घन गर्न सकिँदैन, "स्वतन्त्रता खोज्नका लागि महामारीको प्रयोग" कुनै उपाय होइन। चीनले केही देशहरूलाई स्वास्थ्य मुद्दालाई राजनीतिकरण गर्न बन्द गर्न, थाइवान मुद्दाको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र "चीनलाई नियन्त्रण गर्न थाइवान प्रयोग गर्ने" गलत अभ्यास बन्द गर्न पनि आग्रह गर्दछ।