फुकुशिमा टापुमा रहेको आणविक फोहोर पानी समुद्रमा निष्कासन सम्बन्धमा जापानी राजनीतिज्ञको कुचेष्टा फेरि विफल
2023-05-23 17:14:53cri
Share with:

हालै आयोजित जी- ७ शिखर सम्मेलनमा फुकुशिमा टापूमा रहेको आणविक फोहोर पानी समुद्रमा निष्कासन गर्ने सम्बन्धमा जापानी राजनीतिज्ञको कुचेष्टा फेरि असफल भएको छ। यस योजनाको कडा विरोध भएका हुनाले शिखर सम्मेलनको संयुक्त वक्तव्यमा आणविक फोहोर पानी समुद्रमा निष्कासनलाई स्वागत गर्ने कुनै पनि विषय समेटिएको छैन, बरु “अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीले स्वतन्त्र छानबीनमा समर्थन गर्ने” मात्र लेखिएको छ।

 

फुकुशिमा टापुमा रहेको आणविक फोहोर पानी समुद्रमा निष्कासन गर्ने जापानी योजनाले समुद्रको पर्यावरण तथा मानव जातिको स्वास्थ्यमा ल्याउने खतरा निकै गम्भीर रहेको अरु बढी अनुसन्धानबाट प्रमाणित छ। अहिलेसम्म अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीले जापानको प्रस्तावबारे अन्तिम मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छैन, तथापि जापानी सरकारले आणविक फोहोर पानी समुद्रमा निष्कासन गर्ने परियोजनाको निर्माण चालू वर्षको जून महिनाको अन्त्यसम्म पूरा हुने र जुलाईको अन्त्यमा प्रशान्त महासागरमा निष्कासन गर्ने घोषणा गरेको छ।


विश्वमा आणविक हतियारको आक्रमणमा रहेको एउटै मात्र मुलुकको रुपमा जापानले अरु देशहरुभन्दा आणविक विकीरणबारे अरु बढी ज्ञान लिनुपर्छ, तथापि जापानका केही राजनीतिज्ञले आफ्नो गतिविधिले सम्पूर्ण मानव जाति तथा पुस्ताका लागि कस्तो असर ल्याउनसक्छ भनेर सोच-विचार गरेका छैनन्।