चोङ क्वान छुन मञ्चको छिटै आयोजना हुने
2023-05-23 17:10:38cri
Share with:

चोङ क्वान छुन चीनको आविष्कार तथा विकासको एउटा झण्डा हो। यसले विज्ञान तथा प्रविधिको स्वतन्त्रताका पक्षमा महत्वपूर्ण जिम्मेवारी वहन गर्छ। चोङ क्वान छुन मञ्चलाई विश्वको उच्च विज्ञान तथा प्रविधिको आविष्कार सम्बन्धी आदानप्रदान तथा सहयोग गर्ने राष्ट्रिय चौतारो बनाउनु चीनको एउटा महत्वपूर्ण नीति हो। चोङ क्वान छुन मञ्चको स्थायी नारा “आविष्कार र विकास” भन्ने रहेको छ।

 

सन् २०२३ चोङ क्वान छुन मञ्चको आयोजना मे २५ तारिखदेखि ३० तारिखसम्म पैचिङमा हुने भएको छ। चालू वर्ष यसको मूल नारा “खुला तथा सहयोग गर्दै भविष्य भोगौँ” भन्ने रहेको छ। यस अवधिमा १५० भन्दा बढी कार्यक्रमको आयोजना गरिने छ। चालू वर्षको मञ्चमा ८० भन्दा बढी मुलुक तथा क्षेत्रका अतिथिहरु सहभागी हुनेछन्। करिब २०० विदेशी सरकारी विभाग, अन्तर्राष्ट्रिय संगठन तथा संस्थाले यस मञ्चमा भाग लिने छन्।