राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “चीनको तिब्बत विकास मञ्च सन् २०२३”लाई शुभकामना सन्देश
2023-05-23 17:15:29cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २३ तारिख “चीनको तिब्बत विकास मञ्च सन् २०२३”लाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले जनताको सुख सबैभन्दा ठूलो मानव अधिकार हो भन्दै विकास नै जनताको सुखलाई साकार तुल्याउने मुख्य विषय रहेको कुरा औंल्याउनुभएको छ। तिब्बतले सम्पूर्ण, निश्चित र चौतर्फी रूपमा नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्दै उच्च गुणस्तरीय विकासलाई शिघ्र पारी सक्दो प्रयासमार्फत एकताबद्ध, सम्पन्न, सभ्य, मेलमिलापयुक्त र सुमधुर समाजवादी आधुनिकीकरण बोकेको नयाँ तिब्बतको निर्माण गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

 

“चीनको तिब्बत विकास मञ्च सन् २०२३” चीनको राज्य परिषद्को प्रेस कार्यालय र तिब्बत स्वायत्त प्रदेशको जन सरकारले संयुक्त रूपमा आयोजना गरेका हुन्। त्यसको मुख्य नारा नयाँ युग, नयाँ तिब्बत, नयाँ यात्रा---तिब्बतको उच्च गुणस्तरीय विकास र मानव अधिकार प्रत्याभूतिको नयाँ अध्याय भन्ने रहेको छ। २३ तारिख सो मञ्च पैचिङमा शुरू हुँदैछ।