तिब्बतको विकास वास्तविक हो, तिब्बतको ढोका खुला छ
2023-05-24 15:04:23CRI
Share with:

“मैले लगाएको लुगा इन्टर्नेटबाट किनेको हो र नजिकको पसलकोभन्दा धेरै सस्तो र झनै फ्याशनेबल पनि छ।” अनलाइन किनमेलबारे चर्चा गर्दा चीन-नेपाल सीमा क्षेत्रमा पर्ने सिकागे नगरको तिङर जिल्लाको चनथाङ टाउनको २७ वर्षीय युवक तेनजिन निकै उत्साहित भएका छन्। उक्त टाउन हिमालय पर्वतमालाको गहिरो क्षेत्रमा पर्छ भने वनजंगलबाट घेरिएको छ र औसतरूपमा समुद्र सतहबाट २००० मिटरमा अवस्थित छ। सन् २०२० मा एउटा उच्च स्तरीय राजमार्ग संचालन भएबाट डेलिभरी ट्रकला एउटा नियमित सुविधा लाइन प्रदान गरिएको छ र स्थानीयको नयाँ जीवन शैली सुरू भएको छ। यति सुदूर क्षेत्रमा भएको कुराबारे धेरैला अचम्म लागेको छ। जापानी वृत्तचित्र निर्देशक रियो टाकेयुची तीमध्येको एक हुन्।

 

सन् २०२२ मा जापानी वृत्तचित्र निर्देशक रियो टाकेयुचीले याङसी नदी नामक वृत्तचित्र खिच्न दक्षिण-पश्चिमी सछ्वान प्रान्तीय छङतु नगरबाट डेलिभरी ट्रकमार्फत छिङ हाइ-तिब्बत पठारभूमिमा पर्ने याङसी नदीको उद्गमस्थलतर्फ गएका थिए। उनला निकै अचम्म लागेको थियो कि दैनिक वश्यक सामान बोकेको पूर्ण ट्रकको पूरै यात्रा समय लगभग ६० घण्टा मात्र थियो। उनले भने, यहाँको अनलाइन किममेलको विकास यति छिटो होला भनेर मैले सोचेकै थिइनँ। उनका अनुसार, १० वर्षअघि पहिलो पटक तिब्बतमा पुग्दा उनले कुनै एक डेलिभरी ट्रक पनि भेटाएको थिएन तर हाल उनले भेटेका सबै तिब्बती पशुपालकले स्मार्ट फोन प्रयोग गर्छन्, अनलाइन किनमेल गर्छन्, शोर्ट भिडियो हेर्छन्।

 

तिब्बत स्वायत्त प्रदेशीय यातायात तथा ढुवानी विभागका अनुसार, सन् २०१६ देखि तिब्बतले ग्रामीण क्षेत्रमा जम्मा गरी ३८ हजार २ सय किलोमिटरको राजमार्गको निर्माण वा पुनःनिर्माण गरेको छ भने सन् २०२१ को अन्तसम्म पठारभूमिको ग्रामीण क्षेत्रको राजमार्गको कूल लम्बाइ ९० हजार किलोमिटर पुगेको छ। पूर्वाधार, दूरसञ्चार नेटवर्क, डेलिभरी सेवा कभरेजको सुधार भएबाट तिब्बतको इ-कमर्सको विकासला प्रबर्द्धन गरिएको छ साथै अनलाइन सप र उपभोग पनि धेरै बढेको देखिएको छ। स्थानीय उत्पादित वस्तु पनि इ-कमर्स प्लेटफर्ममार्फत चीनका अरू क्षेत्रमा बिक्री गरिएको छ। गत वर्ष लिन्ची नगरको चायु जिल्लामा २० लाख फ्यान भएका सेलिब्रेटी दलुङले अनलाइन लाइभ प्रसारणमार्फत १० लाख युनभन्दा बढी स्थानीय उत्पादन वस्तु बिक्री गर्न सहयोग गरेका थिए।

 

तथ्याङ्कका अनुसार, सन् २०२१ मा तिब्बतको अनलाइन खुद्रा बिक्री मात्रा सन् २०२०को सोहि अवधिको तुलनामा ६१.१ प्रतिशत वृद्धि भएको छ भने १८ अर्ब ९७ करोड चिनियाँ युन पुगेको छ। तिब्बती वाणिज्य विभागका अनुसार, ७४ वटा जिल्लामा नै ग्रामीण इ-कमर्सको सुविधा पुगेको छ भने वृद्धि दर चीनको अग्रस्थानमा छ।

 

ती सबै कुराबाट तिब्बतको र्थिक तथा सामाजिक समेत विभिन्न क्षेत्रको ठूलो विकास देखिनुका साथै तिब्बतीहरूको सुखमय जीवन पनि प्रतिबिम्बित भएको छ। तिब्बतको विकास वास्तविक हो जुन तिब्बतमा पुगेको हरेकले अनुभव गर्न पाउँछ। साथै तिब्बतको ढोका खुला रहेकोले सबै पाहुनाला स्वागत गरिरहेको छ। हाल चीनका लागि धेरै मुलुकका राजदूत र विदेशी अतिथिहरूबाट गठित “ सन् २०२३ चीनको तिब्बत विकास मञ्च” भ्रमण दलले तिब्बतमा अवलोकन गरेको छ। टोलीले भ्रमणसँगै सुन्दर तथा सुखमय तिब्बत हेर्नुका साथै नयाँ युगमा तिब्बतको ठूलो परिवर्तन र र्थिक तथा सामाजिक विकास उपलब्धि हेरेको छ। चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठले भन्नुभयो, मैले फ्नै ँखाले देखेको छु, सामाजिक तथा र्थिक विकास होस्, शिक्षा पहुँच होस्, पूर्वाधार निर्माण होस्, उच्च विज्ञान तथा प्रविधि होस्, केही वर्षयता तिब्बतको विकास निकै ठूलो छ र जनजीवन निकै सुखमय छ। हाल खासा, केरूङ, पुलान यी तीन वटा नाका संचालनमा ल्याइसकेका छन् जसबाट नेपाल र तिब्बती जनताबीचको सम्पर्कला अघि बढाइनेछ।

 

तिब्बत रहस्यमय छ, किनभने उ स्वर्गबाट सबैभन्दा नजिक छ। तिब्बत रहस्यमय पनि छैन, किनभने तिब्बतको ढोका खुला छ र तिब्बतको निर्माण गर्न र विकास उपलब्धि हेर्न सबैला स्वागत गरिरहेको छ।