विभिन्न देशका कूटनीतिज्ञ तथा विज्ञद्वारा तिब्बतको उच्च गुणस्तरीय विकास र मानव अधिकार संरक्षणको प्रभावकारिताको पुष्टि
2023-05-24 10:22:38cri
Share with:

"सन् २०२३ चीनको तिब्बत विकास मञ्च" २३ तारिखका दिन पैचिङमा आयोजित भयो। ३६ देश र क्षेत्रका १५० भन्दा बढी चिनियाँ र विदेशी अतिथिहरूले व्यापक आदानप्रदान, गहन छलफल गर्दै विकासको माध्यमबाट मानव अधिकारको प्रवर्द्धनमा नयाँ अनुभवहरू साझा गर्दै तिब्बतको आर्थिक विकास, सांस्कृतिक सम्पदा, पर्यावरण संरक्षण र मानवीय अधिकार संरक्षण क्षेत्रमा नयाँ प्रगतिको पूर्णरूपमा पुष्टि गरेका छन्।

 

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपाल र तिब्बत स्वायत्त प्रदेशसँग जोडिएको बताउँदै हाल चाङ्मु, चिलोङ र पुराङमा तीनवटा व्यापारिक बन्दरगाह सञ्चालनमा ल्याइएकाले नेपाल र तिब्बतका जनतालाई एकअर्कासँग सञ्चार गर्न सहज भएको बताउनुभयो। उहाँले गरिबी उन्मूलनमा तिब्बतको सफल अभ्यासले नेपालका लागि राम्रो उदाहरण भएको भन्दै कर्मचारी तालिम, आधुनिक कृषि प्रविधिको प्रयोग र ग्रामीण विकास योजनाहरूमा चीनको उपलब्धिले नेपालमा गहिरो प्रभाव पारेको बताउनुभयो। भविष्यमा नेपालले चीनसँग थप क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने अपेक्षा गरेको पनि औँल्याउनुभयो।

 

एसोसिएटेड प्रेस अफ पाकिस्तानको पैचिङ ब्यूरोका निर्देशक मुहम्मद असगरले चीनले हालैका वर्षहरूमा गरिबी उन्मूलनमा उल्लेखनीय प्रगति गरेको र तिब्बतजस्ता दुर्गम र अल्पविकसित क्षेत्रहरूमा धेरै पैसा लगानी गरेको र यी प्रयासहरूले तिब्बतलाई नयाँ रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्न मद्दत गरेको भन्दै यस क्षेत्रको गरीबी घटाउन मद्दत गरेको बताउनुभयो।