अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत स्ये फङ - चीनको हितको रक्षा गर्न र चीन र अमेरिकाबीचको आदान-प्रदान र सहयोग बढाउने छु
2023-05-24 14:54:04cri
Share with:

मे २३ तारिख अमेरिकाका लागि चिनियाँ नवनियुक्त राजदूत स्ये फङ आफ्नो पद ग्रहण गर्न अमेरिका पुग्नुभएको छ। न्युयोर्क विमानस्थलमा स्ये फङले चिनियाँ तथा विदेशी सञ्चारमाध्यम र उपस्थित सबै क्षेत्रका मानिसहरूसँग अन्तरक्रिया गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङबाट अमेरिकाका लागि १२औँ चिनियाँ राजदूतमा नियुक्त हुनु ठूलो सम्मानको कुरा भएको पनि स्ये फङले बताउनुभयो। उहाँले भन्नुभयो कि,“म चिनियाँ जनताको प्रतिनिधि हुँ र म यहाँ चीनको हितको रक्षा गर्न आएको छु यो मेरो पवित्र कर्तव्य हो, म चिनियाँ जनताको दूत हुँ र म यहाँ चीन र अमेरिकाबीचको आदान-प्रदान र सहयोगलाई प्रवर्द्धन गर्न आएको हुँ, यो मेरो महत्वपूर्ण मिशन हो।”

 

राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि बढाउनुभएको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत सहयोगका तीनवटा सिद्धान्त नै नयाँ युगमा चीन र अमेरिकाका लागि आधारभूत तरिका भएको पनि स्ये फङले बताउनुभयो।


यो आशा छ कि अमेरिका र चीनले एकअर्कालाई आधा बाटोमा भेट्नेछन्, दुई देश र विश्वका जनताको साझा हितबाट अगाडि बढ्नेछन्, यस दिशामा मिलेर काम गर्नेछन्, तीनवटा चीन-अमेरिका संयुक्त विज्ञप्तिका सिद्धान्तहरूको रुपमा थाइवान जस्ता महत्वपूर्ण र संवेदनशील मुद्दाहरूलाई उचित रूपमा व्यवस्थापन गर्नेछन्, उहाँले भन्नुभयो। साथै संवादलाई सुदृढ पार्ने, मतभेदहरू व्यवस्थापन गर्ने र सहयोगलाई प्रवर्द्धन गर्ने र चीन-अमेरिका सम्बन्धलाई सही बाटोमा फर्काउने प्रयास गर्ने पनि उहाँले बताउनुभयो।